— ओस्कार बबले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ३–२ ले हराएको छ । सेन्ट जेम्स पार्कमा प्राप्त यस जितसँगै सिटी लिगको शीर्षमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो ।
खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला २० वर्षीय नर्वेली खेलाडी बबले निर्णायक गोल गरेका हुन् । यो जितसँगै सिटी दोस्रो स्थानमा पनि उक्लेको छ र उसको ४३ अंक भएको छ ।
शनिबारकै अर्को खेलमा चेल्सीले फुलहमलाई १–० ले हरायो र ३१ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो । त्यसमा काल पाल्मरले पहिलो हाफमा पेनाल्टीबाट निर्णायक गोल गरे ।