मुख्य समाचार
तरुलको उचित मुल्य नपाएको किसानको गुनासो
तरुलको उचित मुल्य नपाएको किसानको गुनासो

— पुर्वी नवलपरासीका किसानले आफूहरुले उत्पादन गरेको तरुलले उचित मुल्य नपाएको गुनासो गरेका छन् । अघिल्लो वर्ष प्रति धार्नी १ सय ५० देखि १ सय ८० रुपैयाँसम्म बिक्री गरेका उनीहरुले यसवर्ष विचौलियाका कारण प्रति धार्नी १ सय २० देखि १ सय ४० रुपैयाँमात्रै पाएको गुनासो गरेका छन् ।

बुलिङ्गटार गाउँपालिका-५ का किसान कृष्णबहादुर सारुले यसवर्ष तरुलले भाउ नपाएको गुनासो गरे ।किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रति किलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । विचौलियाले किसानबाट सस्तोमा खरिद गर्ने र धेरै नाफा राखेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका छन्।

पुषको पहिलो हप्ता देखि तरुलको माग उच्च भएको र माघे सक्रान्ति तथा माघी पर्वका लागि काठमाडौँ, नारायणगढ , पोखरा लगायतका बजारमा समेत यहाँबाट तरुलको माग हुने गर्दछ ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा ब्यावसायिकरुपमा समेत तरुल खेती हुँदै आएको छ । पहिले-पहिले घरमा खानका लागि मात्र तरुल लगाउने किसानले अहिले ब्यवसायिकरुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका अधिकृत सुवास कुँवरले बताए ।


पहिले खोरिया फाँडेर बस्ने यहाँका किसानले अहिले तरुल, अम्रिसो, अदुवा लगायतका नगदेबाली लगाएर आम्दानी गरिरहेका छन् । जिल्लामा गतवर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यसवर्ष दस प्रतिसतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...