मुख्य समाचार
वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएपछि...
वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएपछि...

: राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएको छ। झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो।

उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको उनका श्रीमान् कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आइतबार लिखित उजुरी दिएका छन्। १५ हजार र २० हजारका दरले पटक पटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना भएको कृष्णकुमारले अन्नपूर्णलाई बताए।

बैंक कर्मचारीकै मिलेमतोमा खाताबाट रकम गायब पारिएको उनले आरोप समेत लगाएका छन्। एटिएम कार्डबाट सो रकम निकालेको देखिन्छ। ‘जबकि श्रीमतीले एटिएम कार्ड नै बनाएकी छैन,’ उनले भने। बैक खाताबाट हराएको रकमका बारेमा गैर जिम्मेवार जवाफ दिएको बैंकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए।

स्थानीयहरूको दबाबपछि मात्र बैक इस्टेटमेन्ट दिएको उनले बताए। अर्को कुनै व्यक्तिले खाताबाट सो रकम निकालेको भन्दै बैंकले घटना ढाकछोप गर्नलाई १ लाख ३ हजार, १ लाख ४० हजार र १ लाख गरी तीन पटकमा सो रकम आशाकुमारीको खातामा जम्मा गरिदिएको उनको भनाइ छ।

उजुरीकर्ताले किन र कसले रकम निकालेको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीसँगै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा समेत आजै उजुरी पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...