। गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ ।
एनआरएनए जापानले स्थानीय सरकारको अनुमतिमा गत पुस १६ गते जापानको इसिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नेपाली खाना खुवाएको हो ।
इसिगावा प्रिफेक्चरको बाजीमा र सुजुसीकामा भूकम्प प्रभावितका लागि बनाइएका शिविरमध्ये दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिए ।
भूकम्पको अति प्रभावित क्षेत्रमध्ये शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० गरी ४०० जनालाई खाना खुवाइएको थियो ।
त्यस्तै, सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र त्यहीँ नजिकको शिविरमा रहेका १०० जना गरी ३२५ जनालाई खाना खुवाइएको एनआरएन जापानले जनाएको छ ।