मुख्य समाचार
ताइवानको राष्ट्रपति चयनलाई लिएर चीन-अमेरिका वाकयुद्ध
ताइवानको राष्ट्रपति चयनलाई लिएर चीन-अमेरिका वाकयुद्ध

। ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नवनिर्वाचित राष्ट्रपति लाइ चेङ तेलाई बधाइ सन्देश पठाएसँगै बेइजिङले वासिंटनलाई कडा चेतावनी दिएको छ ।

लाइलाई बधाई दिँदै वासिङ्टनले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने प्रतिवद्धताको उल्लंघन गरेको बेइजिङको टिप्पणी छ । वासिङ्टनको बधाई सन्देशप्रति आक्रोशित हुँदै चीनले पोखेको आक्रोशबारे बीबीसीले लेखेको छ, ‘ताइवानको स्वतन्त्रता माग गर्नेहरुलाई बल पुर्‍याउने गरी बधाई दिँदै वासिङ्टनले गम्भीर गल्तीको संकेत दिएको छ ।’

नवनिर्वाचित राष्ट्रपति लाइ ताइवानको स्वतन्त्रताको प्रखर वकालत गर्ने पात्र हुन् । बेइजिङले नरुचाउने पात्रसँग सहकार्यको सन्देश सहित ब्लिंकेनले बधाई दिएका थिए ।

ब्लिंकेनको बधाई सन्देश उल्लेख गर्दै बीबीसीले लेखेको छ, ‘ताइवानको ठूलो सहयोगीको हैसियतमा यस क्षेत्रमा शान्ति र स्थायित्व स्थापनाका निम्ति हाम्रो सहयोग जारी रहनेछ । हाम्रो साझा हितको रक्षाका निम्ति लाइ र अन्य दलसँग सहकार्यका लागि हामी उत्सुक छौँ । अमेरिकी एक चीन नीतिको आधारमा हाम्रो अनौपचारिक सम्बन्ध लामो समयसम्म कायमै रहनेछ ।’



यस बधाई सन्देशमा अमेरिकाले एक चीन नीति अनुसार ताइवानसँग सहकार्य र सम्बन्ध कायम हुने बताए पनि बेइजिङ वासिङ्टनसँग खुशी छैन । ब्लिंकेनको बधाई सन्देशको बेइजिङमा व्यापक आलोचना भएको छ ।

कुनैपनि बहानामा ताइवानको राजनीतिक दल वा उम्मेदवारलाई समर्थन दिन नहुने चीनको भनाइ छ । यस्ता गतिविधिले त्यस टापुको स्वतन्त्रताको माग गर्ने पृथकतावादी समूहलाई बल पुग्ने बेइजिङको भनाइ छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ताइवानको मामिलामा कुनैपनि बहानामा हस्तक्षेप गर्ने वा औपचारिक संवाद गर्ने गतिविधिलाई चीनले स्वीकार्दैन । अमेरिकाको यस कदम ताइवानसँग सांस्कृतिक र वाणिज्यको अनौपचारिक सम्बन्धको प्रतिवद्धा विपरीत छ ।’

ताइवानको नतिजा आउनुअघि अमेरिकाले अनौपचारिक रुपमा प्रतिनिधिमण्डल पठाउँदै त्यहाँका नेताहरुसँग संवाद गराएसँगै बेइजिङ वासिङ्टनसँग थप रुष्ट छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र विदेश उपमन्त्रीलाई त्यहाँ पठाएका थिए । बाइडेनले समेत ताइवानका नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ दिएका छन् ।

चीनल नरूचाउने राष्ट्रपति चयनसँगै अब के होला ?

ताइवानका राष्ट्रपतिमा निर्वाचित लाइलाई बेइजिङले पृथकतावादी र समस्याको जडका रुपमा लिने गरेको छ । ताइवानलाई आफ्नो भूमिमा गाभ्ने चिनियाँ रणनीति छ ।

यसका निम्ति बेइजिङले प्रयत्न समेत गरिरहेको बखतमा लाइ त्यसका प्रखर विरोधीका रुपमा उभिएका छन् । उनले चुनावी अभियान पनि ताइवानकै स्वतन्त्रताबारे केन्द्रित गरे ।

निर्वाचित भएसँगै दिएको मन्तव्यमा उनले भनेका छन्, ‘ताइवान आफैँमा स्वतन्त्र भएकाले यसलाइ स्वतन्त्र घोषणा गरिरहनैपर्दैन ।’

चीनको महत्वाकांक्षालाई खुलेआम चुनौती दिने लाइलाई बेइजिङले रुचाउने कुरै भएन । निर्वाचित भएसँगै चीनको महत्वकांक्षा विपरीत दिएको अभिव्यक्ति कारण ताइवानमा बेइजिङले थप दबाब र तनाव बढाउने देखिन्छ ।

ताइवान नजिकै चीनले सामरिक गतिविधिहरु निकै बढाएको छ । तत्कालिन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका क्रममा उसले ताइवान केन्द्रित सैन्य गतिविधि बढाएको थियो । चीनले ताइवानविरुद्ध आर्थिक र कुटनीतिक दबाब बढाउन सक्ने विश्लेषकहरु बताउँछन् ।

चीनको यस्तो कदमको अपेक्षा गर्दै लाइले पनि सैन्य मामिलामा लगानी बढाउने बताएका छन् । लाइ ताइवानको स्वतन्त्रताको प्रखर पक्षधर भएकाले उनको कार्यकालमा ताइवान र चीनबीच तनाव बढ्नसक्ने वासिंटनको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...