— स्पेनमा नेपालीहरूको परिवार पुनःमिलन भिसाको सहजीकरणमा चासो राखिएको छ ।
स्पेनका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले स्पेनको आन्तरिक मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्धको महानिर्देशक एलेना गार्जोन ओतामेन्डीसँगको भेटवार्तामा मुख्य रूपमा स्पेनमा रहेका नेपालीको परिवार पुनःमिलन भिसाको सहजीकरणमा केन्द्रित रहेको दुतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, भविष्यमा दुई देशबीच अध्यागमन विषयमा हुनसक्ने सहकार्य तथा समन्वयको पनि छलफल भएको थियो। साथै अन्तर्राष्ट्रिय सम्बन्ध र आप्रवासन निर्देशनालयको समर्थन इकाइका प्रमुख जेमी दे सिकार्ट लारोचा पनि यस भेटमा उपस्थित थिइन् ।