: पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो।
भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ।