मुख्य समाचार
क्रिटिक्स च्वाइस अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व, रेडकार्पेटमा चम्किए सेलिब्रेटी
क्रिटिक्स च्वाइस अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व, रेडकार्पेटमा चम्किए सेलिब्रेटी

। अवार्ड सिजन सुरु भएसँगै हलिउडमा ‘ओपेनहाइमर’को दबदबा पनि सुरु भएको छ । गोल्डेन ग्लोब्सपछि आणविक बम आविष्कारकबारेको यो फिल्मले यस वर्षको क्रिटिक्स च्वाइस अवार्ड जितेको छ ।

फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, सहायक अभिनेतासहितका विधामा अवार्ड जित्यो । सर्वश्रेष्ठ कमेडी र गीतसहितका ६ विधामा ‘बार्बी’ले जित दर्ता गर्‍यो ।

उत्कृष्ट अभिनेत्री विधामा ‘पुअर थिंग्स’बाट एमा स्टोनले अवार्ड जितिन् । पल गियामट्टीले ‘द होल्डओभर्स’बाट सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । द बियर, सक्सेसन र बीफले टेलिभिजन विधातर्फका प्रमुख विधा जिते ।

क्रिटिक्स र गोल्डेन ग्लोबमा शीर्ष विधा जितेसँगै ‘ओपेनहाइमर’ले ओस्कारमा पनि वर्चस्व स्थापित गर्ने अपेक्षा गरिएको छ । हलिउड रिपोर्टर, भेराइटी लगायतका म्यागजिनले ‘ओपेनहाइमर’ले फिल्म र निर्देशक विधामा अवार्ड जित्ने प्रक्षेपण गरेका छन् ।

क्रिटिक्स च्वाइसमा ‘बार्बी’ले मौलिक पटकथा विधा जित्यो । एडप्टेड स्क्रिनप्ले चाहिं ‘अमेरिकन फिक्सन’ले जित्यो । ओपेनहाइमरले उत्कृष्ट छायांकन र बार्बीले ‘प्रोडक्सन डिजाइन’ विधामा ट्रफी उचाले ।

क्रिटिक्स च्वाइसमा बार्बी सर्वाधिक १३ विधामा मनोनित थियो । सर्वश्रेष्ठ विदेशीभाषी फिल्म विधामा ‘एनाटोमी अफ अ फल’ उत्कृष्ट बन्यो । प्राविधिक विधामा पनि बार्बी र ओपेनहाइमरकै दबदबा देखिएको छ ।

अमेरिकाको सान्टा मोनिकामा आयोजित २९ औं क्रिटिक्स च्वाइस अवार्डको रेडकार्पेटमा दुआ लिपा, ट्रेसी एलिस रस, चाल्र्स मेल्टन, बिली एलिस लगायतका सेलिब्रेटी सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ । मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् । सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश ...
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...