घैरुङमा जुधाइयो १२ हल गोरु
घैरुङमा जुधाइयो १२ हल गोरु

— शहिद लखन गाउँपालिका–६, घैरुङमा माघी पर्वको अवसर पारेर गोरु जुधाइएको छ । यहाँ माघीमा हरेक वर्ष गोरु जुधाइ प्रतियोगिता नै हुने गरेको छ । यसवर्ष १२ हल गोरु जुधाइएको छ । यो वर्ष प्रतियोगितामा भाग लिन धादिङको ज्वालामुखी स्थित रामपुर, भिमसेन थापा र गण्डकी र शहिद लखन गाउँपालिका किसानले गोरु लिएर आएका थिए ।

प्रतियोगितामा शहिद लखन गाउपालिका–९, नाम्जुङकी सावीत्री अंगाईको कालो-सेतो गोरु, सोही ठाउँका नवराज लामिछानेको रातो गोरु र संदिप भुजेलको तारे गोरु प्रथम बनेका छन् । दुई वटा ग्रेड छुट्याएर पुरस्कार वितरण गरिएको आयोजक हिमालय देवी युवा क्लवका कार्यक्रम संयोजक रामवहादुर गुरुङले बताए ।

‘प्रथम बनेका ‘ए ग्रेड’का पाँच वटाले प्रति गोरु धनीले १५ हजार पुरस्कार पाएका छन्,’ उनले भने, ‘ए ग्रेड’ सँग जुधेर उपविजेता बनेका ५ वटा गोरुका धनीलाई १० हजार पुरस्कार दिइएको छ ।'

प्रतियोगितामा सहभागी भएका ‘बी ग्रेड’का ६ वटा गोरुका धनीलाई ८ हजार र ‘बी ग्रेड’बाट द्धितीय बनेका ६ वटा गोरुका धनीलाई ८ हजारले पुरस्कृत गरिएको छ । त्यस्तै, उपविजेता बनेका ६ वटा गोरुले ४ हजार नगद पुरस्कार पाएका छन् ।

१२ हल गोरु मध्ये एक हल गोरु भने नजुधेको गुरुङले बताए । प्रतियोगितामा भाग लिएका गोरु ५ मिनेट देखि एक घण्टा सम्म जुधेका थिए । घैरुङमा गोरु जुधाउने परम्परा १० वर्षअघि देखि सुरु भएको हो ।


‘पछिल्लो समय गोरु पाल्ने किसानको संख्या पनि घट्दै गएको छ, किसानलाई प्रोत्साहनका लागि सघाउन पनि प्रतियोगिताको आयोजना गरेका हौँ,’ संयोजक गुरुङले भने, ‘यही प्रतियोगीतामा भाग लिनकै लागि एक वर्षदेखि किसानले गोरु बलियो बनाएर राख्ने प्रचलन नै बनेको छ ।’

गोरखाको भीमसेन गाउँपालिका-५ को वगुवामा पनि ७ हल गोरु जुधाइएको छ । २० मिनेट भन्दा बढी समय जुधेर भिमसेन थापा गाउँपालिका–४ धावाका विनोद रेग्मीको गोरु पहिलो बनेको छ ।

पहिलो बनेको गोरुका धनीलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट गोरु जुधाइ प्रतियोगितामा गोरखा नगरपालिका–१ छापथोकका गोरु घनी नेत्रप्रसाद भट्टले नौ हजार पुरस्कार पाए । प्रतियोगितामा भाग लिएका गोरु धनीलाई ८ हजार, ५ हजार, ४ हजार र ३ हजारका दरले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...