— ली काङ–इनको दुई गोलको मद्दतले दक्षिण कोरियाले एसियन कप २०२३ मा अपेक्षा अनुसार प्रभावशाली सुरुआत गर्ने क्रममा सोमबार बहराइनलाई सजिलै ३–१ ले पराजित गरेको छ ।
यो जितपछि समूह ‘डी’ मा पूर्व विजेता दक्षिण कोरियाको तीन अंक भएको छ । उसको अर्को चरण प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
खेलको ३९ औं मिनेटमा दक्षिण कोरियाले ह्वाङ इन–बोएमको गोलले अग्रता लिएको थियो । अल हाससहको गोलमा बहराइन ५१ औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल रह्यो ।
त्यसयता दक्षिण कोरियाले दुई गोल थप्न सफल रह्यो । काङ–इनले ५६ औं मिनेटमा आफ्नो टिमका लागि दोस्रो गोल गरे । उनले ६९ औं मिनेटमा तेस्रो गोल थपे ।