— डिफेन्डिङ च्याम्पियन सेनेगलले अफ्रिका कप अफ नेसन्स २०२३ को उपाधि रक्षा अभियान सोमबार जितसँगै सुरु गरेको छ । उसले समूह ‘सी’ को खेलमा गाम्बियालाई सजिलै ३–० ले हरायो ।
खेलको चौथो मिनेटमा पेप गुएयेको गोलले अग्रता लिएको सेनेगलका लागि लामिने कमाराले दोस्रो हाफमा दुई गोल थपे । गाम्बिया खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो । एबोउ एडम्सलाई रातो कार्ड देखाइएको हो ।
यसै समूहको अर्को खेलमा पूर्व विजेता क्यामरुनले गुएनासँग १–१ को बराबरी खेल्यो । यस्तै समूह ‘डी’ मा अल्जेरिया र एन्गोलाबीचको खेल पनि १–१ को बराबरीमा समाप्त भयो ।