यू १९ विश्वकप प्रिभ्यु : कस्तो छ नेपाल रहेको समूह डी ?
यू १९ विश्वकप प्रिभ्यु : कस्तो छ नेपाल रहेको समूह डी ?

।जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने आईसीसी यू-१९ विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा छन् ।

नेपालले पनि ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको छ । यस पटक फरक फर्म्याटमा हुने लागेको यू१९ विश्वकपमा नेपाल समूह डी मा छ ।

नेपाल रहेको समूहमा एसियाकै तीन राष्ट्रसहित न्युजिल्याण्ड छन् ।

नेपालले केही समयअघि यू१९ एसिया कपमा खेलेको दुई टोली पाकिस्तान र अफगानिस्तान पनि यही समूहमा छ । पाकिस्तानले दुई पटक यू१९ विश्वकपको उपाधि समेत जितेको छ ।

यस समूहको पहिलो खेल जनवरी २० मा पाकिस्तान र अफगानिस्तानबीच हुनेछ ।

समूह डी मा रहेका चार टोलीको तयारी, लक्ष्य र फ्युचर स्टारबारे आईसीसीले तयार पारेको सामग्री

अफगानिस्तान

अफगानिस्तान दुई पटक सेमिफाइनलसम्म पुगेको थियो । उनी यस पटक त्योभन्दा अझ राम्रो गर्ने लक्ष्यमा छन् ।

सन् २०१० मा पहिलो पटक यू१९ विश्वकप देलेको अफगानिस्तानले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

सन् २०१८ मा अफगानिस्तानले पाकिस्तान र आयोजक न्युजिल्याण्ड जस्ता टोलीलाई हराएर सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०२२२ मा पनि दोस्रो पटक सेमिफाइनल पुग्ने क्रममा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । तर सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित भयो ।

अफगानिस्तानले विश्वकप जानुअघि पर्याप्त गरेको छ । मार्चमा उसले बंगलादेश र श्रीलंका सम्मिलित त्रिकोणात्मक शृंखला खेलेको थियो । यस्तै डिसेम्बरमा यू१९ एसिया कप खेल्यो ।

यस्तै यसै जनवरीमा अफगानिस्तानले दक्षिण अफ्रिका र भारतसँग त्रिकोणात्मक शृंखला खेल्यो । जसले यो टोलीलाई आउँदै गरेको मेगा इभेन्टमा राम्रो तयारी गर्न सहयोग पुगेको छ ।

अफगानिस्तान टिम : नासीर खान (कप्तान), नुमान शाह, हसन इशाखिल, वाफिउल्लाह तराखिल, खालिद तानिवाल, अली अहमद नासर, जम्शिद जद्रान, सोहेल खान जुर्माटी, रहिमुल्लाह जुर्माटी, अल्लाह मोहम्मद घजानफार, अरब गुल मोमान्द, फरिदुन डावुदजाई, बसिर अहमद, खालिल अहमद, जाहसद अफगान

रिजर्भ : वाहिदुल्लाह जदारन, नासिर हसन, उस्मान शिनवारी

खेलतालिका

२० जनवरी भर्सेस पाकिस्तान

२३ जनरी भर्सेस न्युजिल्याण्ड

२६ जनवरी भर्सेस नेपाल

हेर्न लायक खेलाडी : अल्लाह मोहम्मद घजानफार

यी युवा खेलाडीलाई क्षमतावान मुजिव उर रहमानसँग तुलना गर्ने गरिन्छ । जसले अहिल्यै टी २० लिगहरुको ध्यान तानिसकेका छन् ।

उनले भर्खरै भएको दक्षिण अफ्रिका र भारतसहित त्रिकोणात्मक शृंखलामा संयुक्त रुपमा सर्वाधिक १० विकेट लिएका थिए । जसमा उनले आफ्नो क्षमता देखाइसकेका छन् ।

अफगानिस्तानको घरेलु क्रिकेटमा खेलिसकेका घजानफारले यू१९ विश्वकपमा आफ्नो छाप छाड्ने तयारीमा छन् । जहाँ राम्रो प्रदर्शन गर्न सके सिधै राष्ट्रिय टिमको ढोका खुल्न सक्छ ।

के भन्छन् कप्तान नासीर खान ?

पछिल्लो पटक हामी सेमिफाइनल पुग्यौँ । त्यसैले खेलाडीहरु यस पटक फाइनल पुग्न र देशका लागि ट्रफी जित्न तयार छन् ।

न्युजिल्याण्ड

न्युजिल्याण्ड टेष्ट टोली भए पनि आफ्नो क्रिकेट इतिहासमा यू१९ विश्वकप उपाधि जित्न सकेको छैन । यस पटक भने ओस्कार ज्याक्सनको टोली त्यसलाई सच्याउने प्रयासमा छ ।

न्युजिल्याण्ड सन् १९९८ मा भएको दोस्रो संस्करणमा फाइनल पुगेको थियो । यस्तै पछिल्लो पटक २०२० मा खेल्दा सेमिफाइनल पुगेको छ ।

योङ ब्लयाक क्याप्स टिमले यस पटक इस्ट एसिया प्यासिफिक क्वालिफायर खेलेको थियो । जहाँ ६ वटै खेल सहजै जित्दै न्युजिल्याण्ड यू१९ विश्वकपमा छनोट भएको हो ।

न्युजिल्याण्ड टोली : ओस्कमर ज्याक्सन (कप्तान), मासोन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेकमात, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रोवे, एवाल्ड श्रेउडर, लाचलन स्टाकपोल, ओलिभर तेवातिया, एलेक्स थोम्पसन, राएन टीसोर्गास, लुक वाट्सन

रिजर्भ : बेन ब्रेइतमेयेर, निक ब्रावन, हेनरी क्रिस्टीई, रोबी फाउल्कस, जोस ओलिभर, अमोङ्ग पारान्पे

खेल तालिका

२१ जनवरी विरुद्ध नेपाल

२३ जनवरी विरुद्ध अफगानिस्तान

२७ जनवरी विरुद्ध पाकिस्तान

हेर्न लायक खेलाडी : ज्याक कमिटङ

पूर्व अन्तर्राष्ट्रिय खेलाडी क्रेइग कमिङका छोरा ज्याक न्युजिल्याण्डको घरेलु क्रिकेटमा राइजिङ स्टार बनिसकेका छन् । नोभेम्बरमा १८ वर्षीय ज्याक न्युजिल्याण्ड क्रिकेट ए टुर्नामेन्टमा सर्वाधिक विकेटकर्ता बनेका थिए ।

इस्ट एसिया प्यासिफिक क्वालिफायरमा पनि यी युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै १५२ रन बनाउनुका साथै १४ विकेट लिएका थिए । उनले ५.७९ को औसतमा विकेट लिएका थिए ।

ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ज्याक कमिङको अलराउण्ड प्रदर्शन युवा किवी टोलीका लागि ठूलो बुस्ट हुनेछ ।

के भन्छन् कप्तान ओस्कार ज्याक्सन ?

हामीले पछिल्लो केही महिना कडा मिहिनेत गरेका छौँ र हामी केका लागि क्षमतावान छौँ भनेर देखाउने आतुर छौँ ।

पाकिस्तान

पाकिस्तान यू१९ विश्वकपको इतिहासमा प्रतिस्पर्धात्मक टिमको रुपमा रहने गरेको छ । सन् १९८८ मा भएको पहिलो संस्करणको युथ विश्वकपमा पाकिस्तान फाइनल पुगेको थियो । पाकिस्तान लगातार दुई पटक यू१९ विश्वकप जित्ने एक मात्र टिम हो । उसले २००४ र २००६ मा लगातार यू१९ विश्वकप जितेको थियो ।

सन् २०१४ पछि भने पाकिस्तान फाइनल पुगेको छैन । तर पाकिस्तानको युवा खेलाडीले जुनियर विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

यू१९ एसिया कपमा युएई विरुद्ध स्तब्ध हुनुअघि पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको छ । जहाँ पाकिस्तानले अफगानिस्तान, भारत र नेपाललाई हराएर सेमिफाइनल पुगेको थियो ।

पाकिस्तान टोली : (साद बेइग), अली अस्फान्ड, अली राजा, अहमद हसन, अमिर हसन, अर्फात मिन्हास, अजान अवाइस, हारुन अर्शद, खुबाइब खालील, मोहम्मद जिसान, नभिद अहमेद खान, शाहबाइव खान, शामील हुसेन, मुहम्मद रिअजुलल्ह, उबाइद शाह

खेल तालिका

२० जनवरी भर्सेस अफगानिस्तान

२४ जनवरी भर्सेस नेपाल

२७ जनवरी भर्सेस न्युजिल्याण्ड

हेर्न लायक खेलाडी : मोहम्मद जिशान

६ फुट ८ इन्च अग्ला मोहमम्द जिशानले यू१९ एसिया कपमा चर्चा कमाएका थिए । उनले पहिलो खेलमा नेपाल विरुद्ध ६/१९ विकेट लिएका थिए । यस्तै भारत विरुद्ध ४/४६ को प्रदर्शन गरे ।

१७ वर्षीय जिशान पाकिस्तानको पेस फ्याक्ट्रीको पछिल्लो उत्पादन हुन् । उनको उचाइ दक्षिण अफ्रिकाको बाउन्सी ट्रयाकमा महत्वपूर्ण हुन सक्छ । उनले गुड लेन्थमा बल फाल्नु विश्वकपमा सफल पाउनका लागि महत्वपूर्ण हुन सक्छ । जिशानले एसिया कपमा पनि त्यस्तै प्रदर्शन गरेका थिए ।

के भन्छन् फास्ट बलर उबाइद शाह ?

हामीसँग राम्रो ब्याटिङ लाइन अप छ । एसिया कपमा बलिङ युनिटले पनि नियमित विकेट लिँदै राम्रो गरेको थियो । हामी यू१९ विश्वकपमा राम्रो प्रदर्शन गर्ने पर्खाइमा छौँ ।

नेपाल

सन् २००० मा यू१९ विश्वकपमा डेब्यु गरेको नेपालको यो आठौं सहभागिता हुनेछ ।

नेपालले यू१९ विश्वकपमा ठूला टेष्ट राष्ट्रलाई समेत हराएको छ । नेपालले सन् २००२ मा पाकिस्तान, २००४ र २००६ मा दक्षिण अफ्रिका, २००६ र २०१६ मा न्युजिल्याण्डलाई हराएको थियो ।

सन् २०१६ मा आठौं भएको नेपालको यो नै अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो ।

राइनोज टिमले परिचित नेपालले दक्षिण अफ्रिकामा विश्वकप खेल्नुअघि केही समयअघि डिसेम्बरमा भएको यू१९ एसिया कप खेलेको थियो ।

सिनियर टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका देव खनाल र गुल्सन झाले नेपाली टिमलाई प्रतियोगितामा बुस्ट गर्नेछन् ।

नेपाली टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुबास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

खेलतालिका

२१ जनवरी विरुद्भ न्युजिल्याण्ड

२४ जनरी विरुद्ध पाकिस्तान

२६ जनवरी विरुद्ध अफगानिस्तान

हेर्न लायक खेलाडी : गुल्सन झा

गुल्सन नेपाली यू१९ टिमका लागि ठूलो सहयोगी हुन् सक्छन् । उनले नेपालको राष्ट्रिय टिमबाट २४ ओडिआई र १४ टी २०आई खेलिसकेका छन् । जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

टी२० मा १४६.८७ को स्ट्राइक रेट रहेका यी युवा स्टारले खेलमा आवश्यक परेका बेला आफ्नो गती बढाउन सक्छन् ।

पर्याप्त अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका गुल्सनले आफू गेमचेन्जर भएको कुरा मैदानमा प्रमाणित गर्न सक्छन् र नयाँ खेलाडीलाई गाइड गर्न सक्छन् ।

यू१९ विश्वकपअघि उनी राम्रो लयमा छन् यू१९ एसिया कपमा उनले लगातार विकेट लिएका थिए । र नेपालको सिनियर टिमबाट उनले पछिल्लो खेलमा अर्धशतक प्रहार गरेका थिए । साथै उनले यू१९ टोलीको वार्मअप खेलमा स्कटल्याण्ड विरुद्ध १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

कप्तान देव खनाल भन्छन्– हामी एकदमै धेरै उत्साहित छौँ । ७ वर्षको प्रतिक्षापछि हामी यू १९ विश्वकप खेल्दैछौँ र हाम्रो समूहका लागि यो सपना हो । यो हामी लगायत देशकै लागि केही विशेष हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...