मुख्य समाचार
एप्पल बन्यो विश्वमै सबैभन्दा धेरै फोन बेच्ने कम्पनी
एप्पल बन्यो विश्वमै सबैभन्दा धेरै फोन बेच्ने कम्पनी

— विश्वमा सबैभन्दा धेरै स्मार्टफोन विक्रेताका रूपमा एप्पल पहिलो स्थानमा आएको छ । सन् २०१० यता पहिलो पटक अमेरिकी ब्रान्ड एप्पल विश्वकै ठूलो फोन निर्माता कम्पनी बन्न सकेको हो । विगत तेह्र वर्षदेखि स्मार्टफोन बजारमा अग्रस्थानमा रहेको कोरियाली ब्रान्ड सामसङलाई एप्पलले उछिनेको छ ।

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार सन् २०२३ मा एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बेचेको थियो भने सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो ।

स्मार्टफोन बजारमा कुल २०.१ प्रतिशत हिस्सासहित हाल एप्पल सबैभन्दा अगाडि छ । पछिल्लो समय धेरै प्रयोगकर्ताहरूले महँगा फोनहरू किनिरहेको र पुराना फोन बेचेर नयाँ लिने सुविधाका कारण एप्पलको बजार बढेको बताइन्छ । पुरानो दिएर नयाँ लिने ‘एक्सचेन्ज अफर’ सँगै ब्याजरहित किस्ता सुविधाजस्ता पहलका लागि एप्पलको तारिफ हुने गरेको छ ।

आईडीसीको रिपोर्टमा १९.४ प्रतिशत बजार हिस्सासहित सामसङ दोस्रो स्थानमा छ भने चिनियाँ फोन निर्माता साओमी, ओप्पो र ट्रान्सियन त्यसपछि रहेका छन् । गत वर्ष विश्वभर १ अर्ब २० करोड स्मार्टफोन बिक्री भएका थिए । यो सन् २०२२ को तुलनामा ३ प्रतिशतले कम हो भने पछिल्लो दशकको सबैभन्दा कम संख्या रहेको बीबीसीले उल्लेख गरेको छ । आर्थिक मन्दीका कारण उपभोक्ताले मुठी कसेपछि स्मार्टफोन बजार प्रभावित भएको थियो ।

बढ्दो नियामक चुनौती र चीनमा हुवावेसँगको थपिँदो प्रतिस्पर्धामाझ एप्पलले सबैभन्दा धेरै फोन बेच्नेमा पहिलो स्थान कायम गरेको आईडीसीकी नबिला पोपालको भनाइ छ । अमेरिकी प्रविधि खरिदमा प्रतिबन्ध लगाइएपछि हुवावेले हाल आफ्नै सेमिकन्डर चिप निर्माण गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ । यसअघि हुवावेले स्मार्टफोन र अन्य डिभाइसहरूमा प्रयोग हुने सेमिकन्डर चिप अमेरिकी कम्पनी क्वाल्कमसँग खरिद गर्दै आएको थियो ।


स्मार्टफोन, मेमोरी चिप्स र टेलिभिजन निर्माताका रूपमा विश्व बजारमा अग्रस्थान ओगट्दै आएको सामसङ भने पछिल्लो समय ट्रान्सियन र साओमीजस्ता सस्ता एन्ड्रोइड मोडल निर्माताको उदयसँगै दबाबमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको विश्लेषण छ ।

सन् २०२३ मा स्मार्टफोनको समग्र बजार सुस्ताए पनि सन् २०२४ मा भने सुधार आउने आकलन गरिएको छ । यो साल नयाँ-नयाँ फिचरका परिष्कृत मोडलहरू सार्वजनिक हुँदैछन् ।आईडीसीका अनुसार एन्ड्रोइड डिभाइस निर्माताको संख्या बढ्नुका साथै उपभोक्ताले पनि फोल्डेबल र एआई टुल समाहित फोनलाई प्राथमिकता दिएसँगै स्मार्टफोन बजार अब ‘निकै रोचक समय’ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...