फिन एलेनको कीर्तिमानी १६ छक्का, न्युजिल्याण्डले जित्यो सिरिज
फिन एलेनको कीर्तिमानी १६ छक्का, न्युजिल्याण्डले जित्यो सिरिज

। न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० आई क्रिकेटमा एकै खेलमा कीर्तिमानी १६ छक्का प्रहार गरेका छन् ।

उनकै विष्फोटक शतकको मद्दतमा न्युजिल्याण्डले बुधबार दुनेदिनमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा न्युजिल्याण्डले ३-० को अग्रता लिएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले एलेनको १३७ रनको मद्दतमा ७ विकेट गुमाएर २२४ रन बनाएको थियो । एलेनले ६२ बल खेल्दै ५ चौका र १६ छक्का मद्दतमा १३७ रन बनाए । टिम साइफर्टले ३१ र ग्लेन फिलिप्सले १९ रन जोडे ।

एलेन टी-२० आईको एकै खेलम सर्वाधिक १६ छक्का प्रहार गर्दे कीर्तिमान बराबरी गरेका हुन् । यसअघि अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । एलेनले त्यसको बराबरी गरे ।

यस्तै एलेनले न्युजिल्याण्डका लागि टी-२० आईमा एकै खेलमा धेरै स्कोर बनाउने कीर्तिमान पनि बनाए । यस्तै सन् २०१२ मा पूर्वकप्तान ब्रेण्डन म्याकुलमले बंगलादेशविरुद्ध १२३ रन बनाएका थिए ।

प्लेअर अफ दि म्याच बनेका एलेनले आफूले व्यक्तिगत कीर्तिमानभन्दा पनि टिमका लागि स्कोर गर्ने र सिरिज जित्नु महत्वपूर्ण भएको बताए ।

न्युजिल्याण्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । बाबर अजामले सर्वाधिक ५८ रन बनाए । मोहमद नवाजले २८ र मोहमद रिज्वानले २४ रन जोडे ।

न्युजिल्याण्डका टिम साउदीले २ तथा म्याट हेनरी, लकी फर्गुसन, मिचेल सान्टनर र इश सोधीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...