मुख्य समाचार
मलेसियाको पुचुङमा आन्दोलित ९० कामदार काममा फर्किए
मलेसियाको पुचुङमा आन्दोलित ९० कामदार काममा फर्किए

— मलेसियाको पुचुङमा रेहेको पीटी स्वीफ्ट मार्केटिङ कम्पनीका आन्दोलित कामदार दूतावास, रोजगारदाता र कामदारबीच भएको त्रिपक्षीय समन्वयमा पुनः काममा फर्किने भएका छन् ।

पुरानो बानेश्वर बत्तिसपुतलीस्थित रिदम ओभरसिजबाट जनही ३ लाख ५० हजारसम्म तिरेर मलेसिया पुगेका ९० जनाभन्दा बढी कामदारहरुमाथि रोजगारदाता कम्पनीले अभद्र व्यवहार गरेको भन्दै स्वदेश फिर्ता गरिदिने धम्की दिएको, क्षमताभन्दा बढी काम लगाएको भन्दै कामदारहरु गत सोमबार दूतावास पुगेका थिए । रोजगारदाताले अभद्र व्यवहार नगरेको र काममा पनि केही हदसम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदारहरु काममा फर्किएका थिए ।

पुनः रोजगारदाता कम्पनीले अभद्र व्यवहार गरेको, कम्पनीले भने जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिकसमेत कटाइदिने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै मंगलबार राजदूतावास पुगेका थिए ।

चराको चारो बनाउने उक्त कम्पनीमा पहिले जनही कार्य समयभित्र १ सय ९० ग्राम पुर्‍याउनुपर्ने थियो । कुनै पनि तरिकाले काम गर्दा टार्गेट पुर्‍याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमयभित्र १ सय ३० ग्राम टार्गेट पुर्‍याउनुपर्ने, रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्तसहित राजदूतावास क्वालालम्पुरको सभाहलमा रोजगारदाता कम्पनीका मानव संशासन, नियोग उपप्रमुख मुदिता बज्राचार्य, श्रमसहचारी दिलीप श्रेष्ठ, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष /उपाध्यक्ष विनोद थापा, हेमराज साप्कोटाको उपस्थितिमा मौखिक सम्झौता गरी कामदारहरु काममा फर्किएका हुन् ।

पटक-पटक भएका दुर्व्यवहार र अन्तर्राष्ट्रिय श्रम नियमविपरीत, दुई देशबीच भएको श्रम सम्झौताविपरीत गर्नु परिरहेको काम, विभिन्न खालका मानसिक टर्चर दिएमा कामदारलाई जे गर्दा पनि हुन्छ भन्ने बुझाइ रोजगारदाता कम्पनीको रहेमा वैदेशिक रोजगार विभागमा, मलेसियास्थित लेवर कोडमा समेत उजुर गर्ने बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...
: अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार ...