मुख्य समाचार
थाइल्यान्डको पटका कारखानामा विस्फोट, २३ को मृत्यु
थाइल्यान्डको पटका कारखानामा विस्फोट, २३ को मृत्यु

मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बुधबार बताएका छन्। स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो ।


सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (इओडी) लाई उद्धृत गर्दै एएफपीलाई भने, 'हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ ।' विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

यद्यपि नट्टापटले के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिए । 'कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो', उनले भने। प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । 'विस्फोटबाट एउटा घरको सिसाको झ्याल फुटेको छ तर अन्य कुनै रिपोर्ट प्राप्त भएको छैन', नट्टापटले भने।

लेफ्टिनेन्ट जनरल नैयावत फडेमचिडले घटनाबारे प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराइएको बताए। प्रधानमन्त्री श्रेथा अहिले विश्व आर्थिक मञ्चका लागि स्विट्जरल्यान्डमा छन्।

तल्लो पश्चिमी थाइल्यान्डका लागि जिम्मेबार प्रहरी अधिकारीले भने, '२० जनाको मृत्यु भएको अनुमान छ तर हामी मृत्यु हुनेहरूको आधिकारिक सङ्ख्या पुष्टि गर्न सक्तैनौँ ।' उनले धेरै विवरण नखुलाई अधिकारीहरूले वरपरका क्षेत्रलाई सिल गरिरहेको र स्थिति सामान्य भएपछि शवको पहिचान गर्ने जानकारी दिए। 'यस कारखानामा प्रतिदिन औसत २० देखि ३० जनाले काम गर्ने गर्दथे', उनले भने।

अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिएका छन्।

थाइल्यान्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट असामान्य होइन । गत वर्ष दक्षिणी नाराथिबाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

विस्फोट भवनमा निर्माण कार्यका क्रममा वेल्डिङका कारण भएको थियो र प्रहरीले पछि लापरवाही गरेको आरोपमा कारखाना मालिकलाई खोजी गरेको थियो । गत वर्ष उत्तरी सहर चियाङ माईमा एउटा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...