मुख्य समाचार
जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, २१ जना अझै बेपत्ता
जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, २१ जना अझै बेपत्ता

: जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रान्तीय सरकारका अनुसार अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो।

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।

उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो । भूकम्पमा परी वाजिमा शहरमा १७ र सुजु सहरमा चार जना गरी कूल २१ जना अझै बेपत्ता छन् ।

स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्याङ्कनहरू गर्दा प्रभावित भवनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।

वाजिमा र सुजुका सहरहरूमा, क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)ले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो । यस्तै इरान पनि विश्वकप छनोटको संघारमा पुगेको छ । उसले किर्गिस्तानलाई ३–२ ले हरायो । इरान समूह ‘ए’ मा ...
। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् । फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का ...
— जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् । प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर ...
काठबाट बनेको विश्वकै पहिलो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । भविष्यमा चन्द्रमा तथा मंगल ग्रहलगायतका अन्तरिक्ष अन्वेषणमा नवीकरणीय निर्माण सामग्रीको रुपमा काठको उपयोगिताको परिक्षणका लागि उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । जापानी अनुसन्धानकर्ताहरुले निर्माण गरेको सो काठे स्याटेलाइटको तौल जम्मा ९ सय ग्राम छ । स्पेस एक्स मिसनमार्फत् प्रक्षेपित उक्त स्याटेलाइट अन्तराष्ट्रिय स्पेस स्टेसनतर्फ अघि बढेको ...