— आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप-२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । यो नतिजापछि समूह ‘ए’ मा कतारको दुई खेलबाट ६ अंक भएको छ ।
उसको पछाडि चीन दुई खेलबाट दुई अंकमै छ । चीनले अर्को खेलमा लेबनानसँग गोलरहित बराबरी खेलेको हो । ताजाकिस्तान र लेवनान भने एक-एक अंकमा छन् ।
अल बयाट स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम आफिफले निर्णायक गोल गरे । ताजाकिस्तान भने खेलको अन्यमा दश खेलाडीमा सीमित भएको थियो । अमाडोनी कामालोभलाई रातो कार्ड देखाइएको थियो ।