मुख्य समाचार
क्षेप्यास्त्र आक्रमणपछि बढ्दै पाकिस्तान–इरान तनाव
क्षेप्यास्त्र आक्रमणपछि बढ्दै पाकिस्तान–इरान तनाव

— इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा गरेको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि दुई देशबीच तनाव बढेको छ ।

क्षेप्यास्त्र आक्रमणपछि आक्रोशित पाकिस्तानले इरानको कडा शब्दमा निन्दा गरेको छ । इस्लामावादस्थित विदेश मन्त्रालयले हवाई आक्रमण ‘गैरकानुनी कार्य’ भएको र यसले ‘गम्भीर परिणाम भोग्नुपर्ने’ चेतावनी पनि दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले इरानी कूटनीतिज्ञलाई बोलाएर घटनाप्रति विरोधसमेत जनाएको छ ।

इरानले भने मंगलबारको आक्रमण पाकिस्तानी क्षेत्रका विद्रोही समूहलक्षित भएको दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनले विद्रोही समूह जैश अल–अदललाई लक्षित गरी बलोचिस्तानस्थित दुई क्षेत्रमा आक्रमण गरेको जनाएको हो ।

इरानले एकसातामा विदेशी भूमिमा गरेको यो तेस्रो आक्रमण हो । इरानबाट पाकिस्तानी भूमिमा क्षेप्यास्त्र आक्रमण हुनु लगभग अभूतपूर्व घटना भएको बताइएको छ । यसअघि उसले इराक र सिरियामा हवाई आक्रमण गरेको थियो । इरानले सोमबार साँझ इराकको उत्तरी सहर इर्बिलमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको थियो । ६ जनाको मृत्यु भएको आक्रमणको अमेरिकाले त्यस्को निन्दा गरेको थियो । त्यसअघि इरानले सिरियाको उत्तर–पश्चिमी इडलिब प्रान्तमा आक्रमण गरेको थियो ।

गाजा स्ट्रिपमा इजरायल र इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासबीचको युद्ध सय दिन नाघेको र यमनमा अमेरिका र यूकेको संयुक्त हवाई हमलाहरू भइरहेका बेला इरानले आक्रमणहरू गरेको हो ।


पछिल्लो घटनापछि चीनले पाकिस्तान र इरानलाई संयमित रहन र तनाव बढ्न सक्ने कार्य नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निंगले दुवै देशलाई चीनले निकट छिमेकीका रूपमा हेरेको बताएका छन् ।

पाकिस्तान र इरानले लामो समयदेखि जैश अल अदल लगायतका विभिन्न पृथकतावादी समूहविरुद्ध लड्दै आएका छन् । अमेरिकी राष्ट्रिय गुप्तचर सेवाका अनुसार जैश अल अदल सिस्तान–बलोचिस्तान क्षेत्रको ‘सबैभन्दा सक्रिय र प्रभावशाली’ सुन्नी उग्रवादी समूह हो ।

पाकिस्तान र इरानबीच करिब ९०० किलोमिटर लामो सीमा छ । त्यसको सुरक्षा व्यवस्थापन दुवै देशका लागि लामो समयदेखिको चिन्ताको विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए। इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी ...
: श्रीलंकामा शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन्। उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ। अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन्। अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन्। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्। वर्तमान ...
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...