मुख्य समाचार
फिल्म छायांकन गर्न अस्ट्रेलियामा बनाइयो ‘नेपाली गाउँ’
फिल्म छायांकन गर्न अस्ट्रेलियामा बनाइयो ‘नेपाली गाउँ’

— हलिउड फिल्म 'आइस रोड’ को दोस्रो श्रृङ्खला ‘आइस रोड–२ : टु दि स्काई’ को निर्माण टोली हाल अस्ट्रेलियाको भिक्टोरियामा छ । अस्कर नोमिनेसनमा परिसकेका लायम निसन अभिनित फिल्ममा नेपाली दुर्गम गाउँको कथा समेट्नुपर्ने भएपछि निर्माण टोलीले भिक्टोरिया राज्यको गिप्सल्याण्डस्थित वाल्हाला गाउँको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि सजाएको छ ।

नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको गाउँमा झण्डै एकसातासम्म फिल्मको छायांकन गरिने स्थानीय समाचारमाध्यमले जनाएका छन् । फिल्मको कथामा अभिनेता लिसन आफ्नो भाईको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य समेटिएको छ । त्यसका क्रममा आफ्ना गाईडसँगै गएका लिसन उक्त गाउँमा दुश्मनको घेरामा पर्छन् र आफ्नो ज्यान जोगाउनका लागि लड्न बाध्य हुन्छन् ।

फिल्ममा सहभागी हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपाली महिला तथा पुरुषलाई निर्माण कम्पनीले आग्रह नै गरेको थियो । कति नेपालीले अभिनयको अवसर पाए भन्ने उल्लेख नगरिएको भएपनि फिल्ममा नेपालको पृष्ठभूमि र नेपाली हिमाल झल्कने दृश्यहरू भने समावेश हुने भएका छन् । यसका लागि निर्माण कम्पनीले भिक्टोरियाको राजधानी मेलबर्नदेखि झण्डै दुईसय किलोमिटरमा रहेको उक्त क्षेत्रका होटल लगायतका स्थानीय क्षेत्रलाई नेपालको हिमाली भेगको स्वरुप दिएर बुधबारदेखि छायांकन सुरू गरेको हो ।


काल्पनिक नेपाली परिवेश तथा स्थान देखाएर फिल्म छायांकन गरिएको भएपनि भिक्टोरियाका नेपाली भने उत्साहित छन् । उनीहरू हलमा फिल्म हेर्दा काल्पनिक नभई वास्तविक नेपालकै रुपमा बुझिने भएकाले यसले अन्तरास्ट्रिय स्तरमा नेपाली पर्यटनको विकासमा सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

भिक्टोरियास्थित नेपाली समाज (न्याभ) का अध्यक्ष प्रेमप्रकाश उप्रेती विदेशी गाउँलाई नेपाली जस्तो बनाएर छायांकन गरिनु सकारात्मक भएपनि नेपालकै हिमाली भेगमा छायांकन गराउन पाएको निकै राम्रो हुने बताउँछन् । ‘फिल्ममार्फत् नेपालबारे केही कथा त देखाइएला तर नेपालकै हिमाली भेगमा छायांकन गर्न पाएको भए अझ सुन्दरता थपिने थियो,’ उनले भने । जोनाथन हेन्सलीले निर्देशन गरेको फिल्ममा निसनका साथै बर्नाड क्युरी, जोफ मोरेल, ग्रेस ओसुलेभान लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारेका छन्। युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा पुटिनसँग व्यक्तिगत वार्ता गर्न तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई सुझाव दिएका थिए। त्यसलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू वार्ताको लागि ...
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...