मुख्य समाचार
अफ्रिका कप अफ नेसन्स : इजिप्टको बराबरीमा सलाह घाइते
अफ्रिका कप अफ नेसन्स : इजिप्टको बराबरीमा सलाह घाइते

— इजिप्टले अफ्रिका कप अफ नेसन्समा बिहीबार लगातार दोस्रो बराबरी खेलेको छ । समूह ‘बी इजिप्टले घानासँग २–२ को बराबरीमा चित्त बुझाएको हो । केप भेर्डे दुई खेलबाट तीन अंकमा पहिलोमा छ भने त्यसपछि इजिप्टको दुई अंक छ ।

खेलको पहिलो गोल गरेका मोहमद सलाह भने चोटका कारण पूरा समय मैदानमा रहेनन् र यो इजिप्टको लागि चिन्ताको विषय हुनेछ । समूह ‘ए’ मा नाइटजेरियाले आयोजक आइभरी कोस्टलाई १–० ले हरायो ।

त्यस्तै इक्वेटोरियल गिनीले गिनी बिसाउलाई ४–२ ले हराएर समूहको शीर्ष स्थानमा रह्यो । इक्वेटोरियल गिनी र नाइजेरियाको समान चार अंक छ । आइभरी कोस्ट भने तीन अंकको स्थितिमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोएल्सका मेन्टर अष्ट्रेलियाका ब्राड हज नेपाल आइपुगेका छन् । सन् २००७ मा अष्ट्रेलियाबाट वानडे वर्ल्ड कप जितेका हजलाई सोमबार सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोएल्सको मुख्य प्रशिक्षकमा ...
। अस्ट्रेलियासँगको बोर्डर गाभस्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतले शानदार जित निकालेको छ । भारतले अस्ट्रेलियालाई २९५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको खेलमा २३८ रनमा अलआउट भयो । यसअघि पहिलो इनिङमा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो । भारत पनि पहिलो इनिङमा १५० रनमा समेटिएकामा दोस्रो इनिङमा ...
। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका ...
। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० ...