मुख्य समाचार
भ्रष्टाचार मुद्दा लागेपछि सिंगापुरका यातायातमन्त्रीले दिए राजीनामा
भ्रष्टाचार मुद्दा लागेपछि सिंगापुरका यातायातमन्त्रीले दिए राजीनामा

— सुशासनका लागि संसारभर कहलिएको मुलुक सिंगापुरका यातायातमन्त्री सुब्रमण्यम इश्वरनले भ्रष्टाचारको मुद्दा लागेपछि बिहीबार राजीनामा दिएका छन् । सुशासनका लागि कहलिएको मुलुकका मन्त्रीमाथि नै भ्रष्टाचारको मुद्दा लाग्नु दुर्लभ भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उक्त समाचारको व्यापक कजरेज गरेका छन् ।

उनीमाथि २७ वटा अभियोग छन् । सन् २०२२ को भ्रष्टाचारसम्बन्धि सूचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने ५ मुलुकमध्येमा सिंगापुर पनि पर्छ ।मन्त्री इश्वरनले आफूमाथि लागेका आरोपहरुमा दोषी नभएको दाबी गरेका छन् ।

उनीमाथि एक व्यापारी टाइकु ओङ बेङ सेङको व्यापारिक स्वार्थ पुरा गर्न खोजेको आरोप छ । उनले व्यापारीबाट एक लाख ६० हजार सिंगपापुर डलर भन्दा बढीको बढीको उडान, होटलमा बस्न र ग्रान्ड प्रिक्स टिकटहरू उपहार लिएको आरोप छ । उनीमाथि वेस्ट एन्ड म्युजिकल र फुटबल म्याचको टिकट लिएको पनि आरोप छ।

उनले बिहीबार राजीनामाको घोषणा गर्नुका साथै उनले गत जुलाईमा आफ्नो मुद्दाको अनुसन्धान सुरु भएदेखिको तलब र भत्ता पनि फिर्ता गर्ने बताए । सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का उनी धेरै प्रमुख कम्पनीहरूमा निर्देशक भइसकेका व्यक्ति हुन् । सरकारमा रहँदा उनले प्रधानमन्त्रीको कार्यालय, गृह, सञ्चार र पछिल्लो समय यातायात मन्त्रालय सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...