— अस्ट्रेलियाले एसियन कपको नकआउट चरणको यात्रा निश्चित गरेको छ । उसले बिहीबारको खेलमा सिरियालाई १–० ले हरायो । अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो र यससँगै समूह ‘बी’ मा छ अंक भएको छ ।
अस्ट्रेलियाको जितमा ज्याक्सन इरभिनले निर्णायक गोल गरे । उज्वेकिस्तानले अर्को खेलमा भारतलाई सजिलै ३–० ले हरायो । खेलका तीनै गोल पहिलो हाफमा भएका थिए । उज्वेकिस्तानको चार अंक भएको छ भने सिरिया एक अंकमा छ ।
भारत भने अंकविहीन छ र उसले अहिलेसम्म गोल गर्न पनि सकेको छैन । समूह ‘सी’ को खेलमा भने यूएईलाई १–१ को बराबरीमा रोक्दै प्यालेस्टाइनले आफ्नो अर्को चरणको यात्रा सम्भावना कायम राख्यो ।