— पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य तथा सिद्धान्तहरूको उल्लंघन भएको भन्दै राजदूत फिर्ता बोलाएको हो ।
यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लंघन गर्दै मिसाइल आक्रमण गरेको थियो । इरानले पाकिस्तानी भूमिमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले इरानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको छ । पाकिस्तानी प्रत्याक्रमणमा इरानका कम्तीमा ९ जनाको ज्यान गएको छ । साराभान सहरमा आक्रमणहरू भएका इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।