मुख्य समाचार
अमेरिकी अर्थमन्त्रालयबाट जागिर थालिन्, फेसबुकको बोर्डबाट राजीनामा दिइन्
अमेरिकी अर्थमन्त्रालयबाट जागिर थालिन्, फेसबुकको बोर्डबाट राजीनामा दिइन्

एजेन्सी-सिलिकन भ्यालीका १५० प्रमुख प्रविधि कम्पनीको नेतृत्व तहमा महिला संख्या न्युन छ । सिलिकन भ्यालीका चल्तीका प्रविधि कम्पनीहरुमा नेतृत्व तहमा महिलाको हिस्सा केबल १५ प्रतिशत मात्रै रहेको छ ।

यही १५ प्रतिशत भित्र एक थिइन् फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाकी प्रमुख परिचालन अधिकृत शेरिल स्यान्डवर्ग । १४ वर्ष मेटामा रहेर फेसबुकका लागि काम गरेकी स्यान्डवर्गले पदबाट राजीनामा दिने भएकी छिन् ।

लामो समय फेसबुकको प्रमुख परिचालन अधिकृत रहेकी उनले मेटाको बोर्डमा नरहने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। मेटाको विद्युतीय विज्ञापन मोडललाइ सफल बनाएकी उनले त्यहाँ नरहने निर्णय लिएकी हुन् ।

आफ्नो निर्णयबारे उनले द गार्डियनसँग भनेकी छिन्-‘मेटाको व्यापार वर्तमानका लागि पर्याप्त मात्रै नभएर भविष्यका निम्ति पनि उचित स्थानमा रहेको छ । यो व्यापार मोडललाइ सफल बनाएसँगै मैले विश्राम लिनुपर्ने ठानेँ ।’

मेटामा उनी आलोचना विहीन भने हुन सकिनन् । विशेषगरी व्यापार बढाउनका निम्ति प्रयोगकर्ताका डेटा दुरुपयोग देखि अमेरिकी संसदमा आक्रमणमा उक्साहटको केन्द्र मेटा नै बनेको क्याब्रिजको अनुसन्धानपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा तानिएपनि मेटालाइ उचाइमा पुर्‍याएर उनले विश्राम लिएकी हुन् ।

को हुन् स्याण्डवर्ग?

सन् १९६९ मा वासिंटनमा जन्मिएकी शेरिल स्यान्डवर्गले हावर्डमा पढेकी हुन् । उनीसँग विश्वबैंक, अमेरिकी अर्थ मन्त्रालय देखि गुगलसम्म काम गरेको अनुभव छ । हावर्डमा अर्थशास्त्र पढेकी अर्थतन्त्र र सरकारमा महिला सहभागिताका लागि संस्था समेत खोलेकी थिइन् ।

हावर्डमा पढाइ सकेसँगै उनी विश्व बैंकका वर्तमान प्रमुख अर्थशास्त्री लरेन्स समर्सको सहयोगी भएर काम गरिन् । जब समर्स बिल क्लिन्टनको प्रशासनमा अर्थ मन्त्रालयका उपसचिव बने त्यस बखत उनले समर्सलाइ प्रमुख स्वकीय सचिव बनाए । सन् १९५५ देखि सन् १९९९ सम्म उनी अमेरिकी अर्थमन्त्रालयमै कार्यरत रहिन् । र्जज बुसले प्रशासन सम्महालेसँगै उनी त्यहाँ रहिनन् ।

साथमा सरकारी जागिर हुँदाहुँदै उनी नयाँ तरिकाले अघि बढ्ने अठोट सहित सन् २००० मा सिलिकन भ्याली प्रवेश गरिन् । सन् २००१ मा उनी गुगलमा काम गर्न थालिन् ।

‘विश्वका सूचना आम मानिसलाई सित्तैमा उपलब्ध गराउने सोचले मलाइ तान्यो, ‘ गुगल जाँदै गर्दा उनले भनेकी थिइन् । विश्वव्यापी अनलाइन विक्री तथा परिचालन विभागको उपाध्यक्षको जिम्मेवारी गुगलले उनलाइ सुम्पिएको थियो । उपभोग्य वस्तु तथा पुस्तकको खोजी तथा विज्ञापन लगायतमा उनले काम गरिन् । सन् २००८ को सुरुवातसम्म उनले गुगलमा बिताइन् ।

सन् २००८ मा उनले फेसबुकमा प्रमुख परिचालन अधिकृतको जिम्मेवारी सम्हालिन् । फेसबुकलाई विश्वव्यापी बनाउन र विदेशतर्फ व्यापार प्रवर्द्धन, मानव संशाधनको विकास, बजारिकरण र सार्वनजिक तथा गोपनीयता नीति सम्बन्धमा उनले फेसबुकमा काम गरेकी थिइन् ।

फेसबुकमा केही शेयर सहित गएकी उनी सन् २०१४ को अर्बपति सुचीमा समेत अटाउन सफल भइन् । त्यसअघि सन् २०१२ उनी फेसबुकको पहिलो महिला बोर्ड सदस्य थिइन् । सन् २०१८ मा सिनेटमा फेसबुकको बचाउका लागि उनी निकै प्रखरताका साथ प्रस्तुत भएकी थिइन् ।

स्याण्डवर्ग प्रविधिमा मात्रै अब्बल नभएर पुस्तक लेखनमा समेत सफल थिइन् । महिलाहरुलाइ व्यापार व्यवसाय तथा नेतृत्वमा प्रोत्साहन गर्ने हेतुले उनले सन् २०१३ मा लिन इन : वुमन, वर्क एण्ड विल टु लिड प्रकाशित गरिन् । यो पुस्तक चर्चित भएसँगै उनले सन् २०१७ मा अप्सन बी पुस्तक निकालिन् ।

सन् १९९३ मा स्यान्डवर्गले पहिलो विवाह गरेकी थिइन् । व्यापारी ब्राएन क्राफसँऊको विवाह डिभोर्समा परिणत भयो ।

सन् २००४ मा उनले याहुका कार्यकारी रहेका डेभ गोल्डवर्गसँग विवाह गरिन् । त्यसपछि उनी दुइ सन्तानकी आमा भइन् । मे १, २०१५ मा गोल्डवर्गको निधन भयो । त्यस पीडालाई भुल्दै गएकी उनी केहीपछि टम ब्रेन्थलको प्रेममा परिन्। लस एन्जल्समा बजारीकरण तथा ब्रान्ड परामर्श विज्ञ ब्रेन्थलसँग उनले २०२०मा इन्गेजमेन्ट गरेकी थिइन् ।

शेरली सिलिकन भ्यालीकी एक सफल नेतृत्वदायी महिला हुन् । अमेरिकी अर्थमन्त्रालय, विश्व बैंक, गुगल, मेटासम्म काम गरेकी उनको कुल सम्पत्ति १.६ अर्ब डलर बराबरको छ ।

मेटा छोडे पनि महिलालाई व्यापार तथा अन्य क्षेत्रको नेतृत्वमा पुर्‍याउनका निम्ति समानता र विविधताको अवधारणामा आफू सक्रिय हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...