मुख्य समाचार
थाइल्यान्डमा १ करोड ५० लाख टन लिथियम
थाइल्यान्डमा १ करोड ५० लाख टन लिथियम

: थाइल्यान्डले करिब १ करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवद्र्धन गर्नेछ। यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।


सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई १ करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलगअलग साइटको बीचमा फैलिएको जानकारी दिए। ‘हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौं भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौं, यसमा समय लाग्छ’, उनले भने। लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो।


प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए। इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी ...
: श्रीलंकामा शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन्। उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ। अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन्। अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन्। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्। वर्तमान ...
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...