मुख्य समाचार
बाफ्टामा ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन, ‘बार्बी’ कतिमा ?
बाफ्टामा ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन, ‘बार्बी’ कतिमा ?

। क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ बाफ्टा फिल्म अवार्डमा सर्वाधिक १३ विधामा मनोनयन भएको छ ।

जसमा आणविक बमको पिता मानिने रोबर्ट जे ओपेनहाइमरको रोलमा फिल्म खेलेका अभिनेता किलियन मर्फी समेत छन् । सर्वश्रेष्ठ अभिनेताको विधामा उनी मनोनित छन् ।

ग्रीष्मकालीन बक्स अफिसमा ‘ओपेनहाइमर’सँग प्रतिस्पर्धा गरेको अर्को हलिउड फिल्म ‘बार्बी’ पाँच विधामा मात्र मनोनित छ । अर्को फिल्म ‘साल्टबर्न’सँग ‘बार्बी’को मनोनयन बराबरी छ ।

‘पुअर थिंग्स’ ११ विधामा मनोनित हुँदा ‘किलर्स अफ द फ्लावर मुन’ र ‘द जोन अफ इन्ट्रेस्ट’ समान नौ विधामा मनोनयन भएका छन् । ‘एनाटोमी अफ अ फल’, ‘द होल्डओभर्स’ र ‘माएस्ट्रो’ समान सात विधामा मनोनित छन् ।

नोलनको तीन घण्टा लामो फिल्म ‘ओपेनहाइमर’ले यसअघि आठ विधामा क्रिटिक्स च्वाइस र पाँच गोल्डेन ग्लोब्स अवार्ड जितेको छ । बाफ्टामा पनि यो उत्कृष्ट फिल्म, निर्देशक, एडप्टेड स्क्रिनप्ले लगायतका प्रमुख विधामा मनोनित छ ।

रोबर्ट ड्वेन जुनियर सहायक अभिनेताको विधामा छानिएका छन् । उनी आगामी ओस्कारको लागि पनि दाबेदारको रुपमा छन् ।

यद्यपि, सन् २०२३ मा सर्वाधिक कमाउने र चम्किलो समीक्षा पाएको फिल्म ‘बार्बी’ उत्कृष्ट फिल्मको विधामा मनोनित हुन सकेन । यो फिल्मकी निर्देशक ग्रेटा गर्विग निर्देशन विधामा समावेश हुन सकिनन् ।

‘बार्बी’बाट मार्गेट रोबी उत्कृष्ट अभिनेत्री र रायन गसलिङ सहायक अभिनेताको विधामा मनोनित छन् । नौ विधामा मनोनयन भएको ‘किलर्स अफ द फ्लावर मुन’बाट रोबर्ट डी नीरो सहायक अभिनेताको विधामा छनोट भएका छन् ।

तर निर्देशक मार्टिन स्कोरसिज, अभिनेता लियोनार्दो डिक्याप्रियो र अभिनेत्री लिली ग्लाडस्टोन मनोनयन हुनबाट वञ्चित भए । यसै महिना गोल्डेन ग्लोब्समा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै ग्लाडस्टोन उक्त पुरस्कार जित्ने पहिलो आदिवासी महिला घोषित भएकी थिइन् ।

बाफ्टा फिल्म अवार्ड आगामी फेब्रुअरी १८ मा लण्डनमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...