मुख्य समाचार
मणिपुरमा फेरि भड्कियो हिंसा
मणिपुरमा फेरि भड्कियो हिंसा

— भारतको पूर्वोत्तर राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारसँग सीमा जोडिएको उत्तरी मणिपुरको टेङ्नोपाल जिल्लास्थित मोरेह सहरको एक सुरक्षा चेकपोस्टमा गत बुधबार राति कुकी सशस्त्र समूहको आक्रमणमा परी दुई सुरक्षाकर्मीको घटनास्थलमै ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कुकी समूहको बिहीबार बिहान भएको अर्को आक्रमणमा परी मैतेई समुदायका थप पाँच सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत वर्ष मोरेहमा कुकी विद्रोही समूहले फिलिप खोङसाई नामक एक प्रहरी अधिकारीको हत्या गरेको आरोपमा दुई जना कुकीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । पक्राउ भएको २४ घण्टा बित्न नपाउँदै कुकी समूहले आक्रमण सुरु गरेको हो । मोरेह क्षेत्रमा मंगलबारदेखि कर्फ्यु लगाइएको छ । राज्य सरकारले सुरक्षाकर्मी र हतियार ओसारपसारका लागि केन्द्रीय गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरेको थियो । म्यानमार सीमावर्ती सहर मोरेह इम्फालदेखि १ सय ८ किलोमिटर उत्तरमा पर्छ ।

पछिल्लो हिंसात्मक घटनापछि मत्थर हुँदै गएको रैथाने मैतेई–कुकीबीचको करिब ८ महिना लामो लडाइँ अचानक चर्किएको छ । सरकारी सुरक्षा फौज र मैतेई समुदायका सर्वसाधारणको ज्यानै जाने गरी भएको आक्रमणपछि मैतेई–कुकी द्वन्द्व पुनः सतहमा आएको हो । विष्णुपुर जिल्लामा भएको छुट्टाछुट्टै सशस्त्र संघर्षमा थप चार जना सर्वसाधारणको ज्यान गएको इन्डियन एक्सप्रेसले जनाएको छ । मणिपुरका सुरक्षा सल्लाहकार कुलदीप सिंहका अनुसार बुधबार राति कुकी विद्रोहीहरूले उपत्यकाको थौबल जिल्लाका सुरक्षा क्याम्प लुट्ने क्रममा भएको दोहोरो भिडन्तमा सीमा सुरक्षा बल (बीएसएफ) का तीन जवान गोली लागी घाइते भएका थिए । सुरक्षा सल्लाहकार सिंहको दाबी छ, ‘सुरक्षाकर्मीमाथिको आक्रमणमा सीमापारिका बर्मेली सशस्त्र समूहको प्रत्यक्ष संलग्नता देखिन्छ ।’

शुक्रबार पनि राज्यका धेरै क्षेत्रमा हिंसात्मक प्रदर्शनहरू भएको सञ्चारमाध्यमले जनाएका छन् । मैतेई समुदायका सर्वसाधारणको मृत्युपछि राजधानी इम्फाल उपत्यकाका धेरै ठाउँहरूमा विरोध प्रदर्शन भएका छन् । मणिपुरको पश्चिम जिल्ला कांगचुपमा मैतेई–कुकीबीच गोली हानाहान हुँदा मैतेई समुदायका २३ वर्षे युवाको मृत्यु भएको छ । गत मे महिनादेखि बहुसंख्यक मैतेई समुदाय र जनजाति कुकीहरूबीच जातीय हिंसा चर्किएको थियो । करिब आठ महिना लामो हिंसाका क्रममा कम्तीमा २ सय ७ जनाको ज्यान गइसकेको छ । ५० हजारभन्दा बढी विस्थापित भएका छन् । सुरक्षा सल्लाहकार सिंहले मणिपुरमा पुनः हिंसा बढेका कारण राज्यको सेनालाई समेत तैनाथ रहन निर्देशन दिएका छन् ।

मणिपुरबाटै राहुलको यात्रा

भारतको विपक्षी दल कंग्रेस अध्यक्ष तथा सांसद राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ को दोस्रो संस्करण द्वन्द्वग्रस्त राज्य मणिपुरबाट सुरु गरेका छन् । जारी संकट समाधानमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान आकर्षण गराउन उनले मणिपुरबाट यात्रा तय गरेको जनाइएको छ । भारतको तल्लो सदन लोकसभामा प्रधानमन्त्री मोदीकै कारण मणिपुर हिंसा मत्थर नभएको आरोप विपक्षीले लगाएका छन् ।

‘मोदीले चाहेमा तुरुन्त हिंसा रोकिन सक्छ,’ प्रधानमन्त्रीको मौनताप्रति चिन्ता व्यक्त गर्दै कंग्रेस नेता पवन खेराले सञ्चारमाध्यमहरूसँग भने, ‘प्रधानमन्त्रीको निरन्तरको मौनताले मणिपुरमा शान्ति चाहने सिंगो देश चकित भएको छ ।’ मणिपुरमा मोदी लोकप्रिय मानिन्छन् । मैतेई र कुकी दुवै समुदायले सन् २०१४ र २०१९ मा लगातार दुई चुनाव मोदीको दल भाजपालाई बहुमत दिएका थिए । मोदीले मणिपुरमा शान्ति स्थापनाका लागि अपिल गर्दा ठूलो प्रभाव पर्न सक्ने सम्भावना छ । तर, अपिल गर्ने जाँगर नचलाएको प्रति विपक्षी दलले आपत्ति जनाएका छन् । ‘किन हो मणिपुरमा शान्ति स्थापना गर्न मोदीजीले चाहिरहनुभएको छैन,’ कंग्रेस नेता खेराले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...