मुख्य समाचार
हलगोरु बेच्दै, ट्याक्टर जोत्दै
हलगोरु बेच्दै, ट्याक्टर जोत्दै

: श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त जमिन जोत्न सकिने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन्। कृषिमा यान्त्रिकीकरणले गाउँमा हलगोरु बेचेर हाते ट्याक्टर प्रयोग गर्ने बढेका छन्।

विनाशकारी भूकम्पपछि रसुवामा हाते ट्याक्टरले प्रवेश पाएको हो । किसान हाते ट्याक्टरको प्रयोगपछि गाउँमा जोत्नका लागि गोरु पाल्ने चलन घटेको छ। छिटोछरितो तरिकाले मौसमी तथा बेमौसमी खेती गर्ने किसानलाई हाते ट्याक्टर सहयोगी बनेको बताए। खेतबारी जोत्नका लागि वर्षभरि गोरु पालेर भन्दा कृषिमा यान्त्रिकीकरण लागत कम लाग्ने भएकोले किसान आकर्षित भएका स्थानीय लाक्पा लामाले बताए।

गोरु पाल्न घाँस, पिठो, दानापानी, चरन चाहियो। यतिमात्र होइन हलो, फालो, जुवा, हरिस, सोइला, जोतारोजस्ता स–साना औजार जुटाउन निकै झन्झटपर्छ। ट्याक्टरले मन लागेका बेला जोत्न सकिने, एक हलको मेलो एक घण्टामा जोत्न सकिन्छ। बर्सेनि कृषि समूहमार्फत स्थानीय सरकार र कृषि विज्ञ केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्न थालेपछि किसान हाते ट्याक्टरतर्फ लागेका हुन्। कालिका गाउँपालिका–५ का अगुवा कृषक भवनाथ पौडेलले भने, ‘संघीयतापछि स्थानीय सरकारले यान्त्रिकीकरणको प्रयोगतर्फ अघि बढाएको र कृषकको हितको कार्यक्रम गरेकोले खुसी लागेको छ।’

गोरुले खेत जोत्दै आएका किसानले हाते ट्याक्टरको प्रयोग गर्दा खेतको छेउकुना बाँझो नराखीकन जोत्न सकिने बताउँछन्। थोरै जग्गामा खेती गर्नका लागि वर्षभरि नै गोरु पाल्नुपर्ने झन्झटबाट मुक्त भएको उत्तरगया गाउँपालिका–४ का लीलानाथ न्यौपानेले बताए।

भूकम्पपछि राहतको रूपमा गाउँमा हाते ट्याक्टर भित्रिएपछि कालिका गाउँपालिका–३ कटुञ्जेका खेमराज न्यौपानेले हलको गोरु नै बेचे। सानाकिसान सहकारीमार्फत कृषिले ९० प्रतिशत अनुदानमा हाते ट्याक्टर दिन सुरु गरेको हो। भूकम्पअघि नै ट्याक्टर भित्र्याएका कालिका गाउँपालिका–३ का तुलसीप्रसाद खतिवडाले भने, ‘किसानको जीविका चलाउन हाते ट्याक्टर निकै उपयोगी भएको छ। त्यसैले गाउँमा घरघरै ट्याक्टर ल्याउन थाले।’

मिनिटिलर आएपछि त्यसप्रति कृषकको आकर्षण बढेको छ। उपकरणले कम समयमा धेरै काम हुने र जनशक्ति पनि कम लाग्ने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको हो।

उत्तरगया गाउँपालिका–४ का राजु तामाङले भने, ‘पहिला खेतबारी जोत्न भन्नेबित्तिक्कै गोरु पाइँदैनथ्यो, अहिले सजिलो भएको छ। तरकारी खेतीका लागि माटो धूलो पार्न झनै सजिलो भएको छ।’

सुलभ र सरल हुने भएपछि रसुवामा हाते ट्याक्टरको माग बढ्दै गएको छ। बर्सेनि कृषि ज्ञान केन्द्र, आलु जोनलगायत कार्यक्रममा समन्वय गरेर किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिरहेको धैबुङ कालिका साना किसान कृषि सहकारीका प्रबन्धक पूर्णप्रसाद न्यौपानेले बताए। उनले भने, ‘स्थानीय तहले पनि अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरिरहेको छ। घरघरै ट्याक्टर प्रयोग गर्ने बढेका छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...