: अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन्।
नुवाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री महतले आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए।
हिसाबकिताब नदेखिने र दायित्वमाथि दायित्व सिर्जना हुने अवस्थाको अन्त्य गर्न खोज्दा स्वार्थ समूह बेखुसी रहेको उनले बताए। उनले बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउने जिकिर गरे।
उनले जग्गा कारोबार चलायमान भएको, नेप्से परिसूचक उकालो लागेको र धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएको बताए। देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको भन्दै पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको उनको भनाइ थियो।