मुख्य समाचार
न्युजिल्यान्डसँग नेपालको पहिलो हार
न्युजिल्यान्डसँग नेपालको पहिलो हार

— अर्जुन कुमालले ९० रनको आकर्षक इनिङ्स खेले पनि न्युजिल्यान्डले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ६४ रनले पराजित गरेको छ । स्नेहिथ रेड्डीले सानदार शतक बनाएपछि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २ रन बनाएको थियो ।

बुफेलो पार्कमा जवाफमा आएको नेपालले ९ विकेट गुमाई २ सय ३८ रनमात्र बनाउन सक्यो । अर्जुनको इनिङ्स यू–१९ विश्वकपमा नेपाली खेलाडीको दोस्रो उच्च स्कोर हो । प्रदीप ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध अविजित ९८ र कनिष्क चौंगाईले २००४ मा पपुवा न्यु गिनीविरुद्ध अविजित ९० रन बनाएका थिए ।

अर्जुनले १ सय १४ बल खेली १२ चौका प्रहार गरे । कप्तान देव खनालले ३४ बल खेली ५ चौका र १ छक्कासहित ३६ रन बनाए । दीपक बोहरा ‘ए’ शुन्य, आकाश त्रिपाठी २, उत्तम थापामगर शुन्य, गुल्शन झा २, दीपक बोहरा ‘बी’ १५, दीपेश कँडेल शुन्य र आकाश चन्द १४ रनमा आउट भए । सुवास भण्डारी र तिलक भण्डारीले दशौं विकेटमा ३७ रनको अविजित साझेदारी गरे ।

सुवास ५२ बल खेली ४ चौका प्रहार गरि ३३ र तिलक १९ बल खेली २ चौका र १ छक्का प्रहार गरि १७ रन बनाई अविजित रहे । न्युजिल्यान्डबाट म्यासन क्लार्कले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चे । कप्तान ओस्कार ज्याकसन र इवाल्ड स्रेउडरले २–२ विकेट लिए ।

यसअघि रेड्डीले न्युजिल्यान्डबाट अविजित १ सय ४७ रन बनाए । उनले अन्तिम ओभरमा सुवास भण्डारीलाई दुई छक्कासहित १४ रन बनाए । इनिङ्सको अन्तिम बलमा पनि छक्का प्रहार गरेका उनले कुल १ सय २५ बल खेलेर ११ चौका र ६ छक्का प्रहार गरे ।



न्युजिल्यान्डले १० ओभरमा ५३ रन जोडेर सानदार सुरुआत गरेको थियो । ११ औं ओभरको पहिलो बलमा सुवासले लुक वाटसनलाई १४ रनमा बोल्ड गरि नेपाललाई पहिलो सफलता दिलाए । अर्का ओपनर टोम जोन्सलाई तिलकले ३३ रनमा बोल्ड गरे । उनले ४५ बल खेली ५ चौका प्रहार गरे । ओलिभर तेवाटियालाई दीपेशले शुन्यमा आउट गरेपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

तर रेड्डी र ज्याकसनले चौथो विकेटमा १ सय ५७ रनको साझेदारी न्युजिल्यान्डलाई बलियो स्थितिमा उभ्याए । ज्याकसनले ८१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए । गुल्शनले लच्लान स्ट्याक पोल र ज्याक कमिङ्सलाई लगातार बलमा शुन्यमा आउट गरे । एलेक्स थोम्सनले १३ रन बनाउदै रेड्डीसँग आठौं विकेटमा ४९ रनको साझेदारि गरे । नेपालबाट सुवासले ३ विकेट लिए । उनले १० ओभरमा ६० रन खर्चे । गुल्शनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १–१ विकेट रहयो ।

नेपालविरुद्ध न्युजिल्यान्डले यू–१९ विश्वकपमा पहिलो विजय हात पारेको हो । नेपालले २००६ को प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटको र त्यसको १० वर्षपछि बंगलादेशमा नेपालले समूहचरणको खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजय हात पारेको थियो । नेपालले बुधबार पाकिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् । पहिलोपटक फागुन २१ देखि काम सुरु ...
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...
। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन ...
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...