मुख्य समाचार
होटल स्क्वायरकी सञ्चालक सदस्य भण्डारीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद
होटल स्क्वायरकी सञ्चालक सदस्य भण्डारीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद

— ललितपुरको पुल्चोकस्थित होटल स्क्‍वायरकी सञ्चालक सदस्य ललिता भण्डारीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले प्रहरीलाई तीन दिनको म्याद थप गरिदिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार अदालतबाट पक्राउ पूर्जी जारी भएकी भण्डारी शनिबार साँझ आफै परिसर पुगेर आत्मसमर्पण गरेकी थिइन् । होटलकी अध्यक्ष रोमी अर्याल भने हालसम्म फरार नै छिन् । पुल्चोकस्थित होटल स्क्‍वायर रहेको स्विमिङ पुलमा भदौ १५ गते शुक्रबार दिउँसो पौडी खेलिरहेको बेला करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएको घटनामा प्रहरीले ५ महिनापछि पुस २९ गते जाहेरी दर्ता गरेसँगै अनुसन्धान अगाडि बढाएको थियो । सजिलमानकी श्रीमती रजिना मानन्धर शाक्यले स्क्‍वायर होटलले स्विमिङ पुलको छेउमा रहेको बत्तिबाट विद्युत् चुहावट भएको जान्दाजान्दै पुल सञ्चालन गरेर लापरबाही गरेको भन्दै कारबाहीको माग गर्दै सञ्चालक टि.डि.आर. स्क्‍वेर प्रा.लिका अध्यक्ष रोमी अर्याल र सदस्य ललिता भण्डारी देवकोटालगायत संलग्नहरूको पहिचान गरी कर्तव्य ज्यान उद्योगमा कारबाही गर्न किटानी जाहेरी दिएकी छन् । उनले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुर गरेको दाबी गर्दै जाहेरी दिएकी थिइन् ।

करेन्ट लागेर गम्भीर आघात पुगेका कारण कोमामा रहेका शाक्यको परिवारले भदौ १९ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । प्रहरीले पुस २९ गते जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमार्फत जाहरी दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ को उपदफा ९१० मा ‘कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने कुरा जानी-जानी वा विश्वास गर्नु पर्ने मनासिव कारण हुँदाहुँदै त्यस्तो काम गर्न हुँदैन’ भन्ने व्यवस्था गरिएको छ भने सोको उपदफा (२) मा ‘उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसुरदारलाई जन्मकैदको सजाय हुन्छ’ भन्ने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिताकै दफा १७७ ले ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने व्यवस्था गरेको छ ।

‘शुल्क लिई सार्वजनिक रुपमा सेवा प्रदान गर्न राखीएको स्विमिङ पुलमा विद्युतीय सुरक्षाको व्यवस्था नगरी त्यस्तो विद्युत् लिकेज भइरहेको छ भन्ने कुराको जानकारी हुँदाहुँदै र त्यस्तो विद्युत् प्रवाहबाट सेवाग्राहीको मृत्यु हुन सक्ने कुराको जानकारी हुँदाहुँदै र त्यसो हुन सक्ने विश्वासयोग्य कारण हुँदाहुँदै विपक्षीहरुले विद्युत् प्रवाह र चुहावट भैरहेको अवस्थामा मेरा पतिलाई स्विमिङ पुलमा पौडी खेल्न दिने कार्य मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७८ बमोजिम ज्यान मार्ने कार्य हुने स्पष्ट छ,’ जाहेरीमा उल्लेख छ, ‘तथापि हालसम्म निज कोमामा रहनुभएको हुनाले विपक्षीहरुको उक्त कसुर मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिमको ज्यान मार्ने उद्योगको कसुर भएको स्पष्ट छ ।’

अचेत अवस्थामा अस्पताल पु‍र्‍याइएका सजिलको हालसम्म पनि होस आएको छैन । घाइते शाक्यको शरीरका अन्य अंगको अवस्था सामान्य रहे पनि बेहोस भएर मस्तिष्कमा आवश्यक अक्सिजन नपुगेकोले त्यसमा गम्भीर आघात पुगेको छ । उनलाई केही महिना मेडिसिटी अस्पतालका साथै केही समय माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पनि भर्ना गरेर उपचार गरिएको थियो । सजिलका भाइ विवेक शाक्यका अनुसार हाल उनलाई घरमै २४ घण्टा नै नर्सिङ केयर दिएर राखिएको छ ।

घटनापछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ चिकित्सकहरूले उनको हातको नाडीमा देखिएको जलनको अध्ययन गर्दा सो घाउ विद्युतीय जलन नै रहेको पुष्टि भइसकेको छ । स्विमिङ पुलमा करेन्ट लागेकै कारण कोमामा पुगे पनि होटल सञ्चालकले भने विभिन्न बाहना गरेर सजिल आफ्नै स्वास्थ्य अवस्थाका कारण त्यस स्थितिमा पुगेको दाबी गर्दै उनको परिवारलाई प्रताडित गर्न केन्द्रित रहेको भाइ विवेकले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...