मुख्य समाचार
मिडल्सब्रोलाई ६-१ ले हराउँदै चेल्सी लिग कपको फाइनलमा
मिडल्सब्रोलाई ६-१ ले हराउँदै चेल्सी लिग कपको फाइनलमा

— चेल्सीले मिडल्सब्रोमाथि ६–१ को सजिलो जित रच्दै मंगलबार लिग कपको फाइनल यात्रा तय गरेको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यस जितसँगै चेल्सीले समग्रमा ६–२ को अग्रता लिएको हो । पहिलो लेगको सेमिफाइनलमा मिडल्सब्रो १–० ले अगाडि रहेको थियो ।

चेल्सीका लागि यसपल्ट पहिलो हाफमा जोनी होसनको आत्मघाती गोलसँगै इन्जो फर्नान्डेज, एक्सेल डेसाइ र कोल पाल्मरले गोल गरे । दोस्रो हाफमा फेरि पाल्मरले एक गोल थपे भने अर्को गोल नोनी माडुकेको नाममा रह्यो ।

लिगमा खराब प्रदर्शन गरिररहेको चेल्सीका लागि फाइनल यात्रा आफ्नो टिममा सुधार ल्याउन राम्रो मोड हुन सक्नेछ । फाइनलमा मउरिसो पोचेटिनाको चेल्सीले लिभरपुल र फुलहमबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् । पहिलोपटक फागुन २१ देखि काम सुरु ...
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...
। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन ...
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...