— खराब प्रदर्शन गरेको भारत लगातार तेस्रो हारसँगै मंगलबार एसियन कपबाट बाहिरिएको छ । समूह ‘बी’ को खेलमा भारत सिरियाको हातबाट १–० ले पराजित रह्यो । सिरियाका लागि ओमर ख्रिबिनले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।
भारत समूह लिग चरणका तीन खेलमा पराजित रह्यो र यी खेलमा भारतले कुनै पनि गोल गर्न सकेन । समूहको अर्को खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले १–१ को बराबरी खेले ।
अस्ट्रेलिया ७ अंकमा शीर्ष स्थानमा रह्यो भने उज्वेकिस्तान ५ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम अन्तिम १६ मा पुगेका छन् । सिरियाले भने अर्को चरण प्रवेशको सम्भावनाका लागि लिग चरणको समाप्ती कुर्नु पर्नेछ ।