मुख्य समाचार
वीर अस्पतालमा २६१ स्वास्थ्यकर्मी थप गर्ने तयारी
वीर अस्पतालमा २६१ स्वास्थ्यकर्मी थप गर्ने तयारी

— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्ने तयारी थालेको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइन् ।

उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापन प्रकाशित हुने बताइन् ।

उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएकोबारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताइन् ।

'२२१ करारका कर्मचारीहरु हुन् । उनीहरुलाई कोरोनाको संक्रमण भएको अवधिका लागि मात्रै राखिएको थियो,' सचिव गुरागाईंले भनिन्, 'गत साल नै उहाँहरुसँग करार अन्त्य गर्नुपर्ने थियो । तर स्थायी दरबन्दीमा कर्मचारी माग गर्न ढिला भएका कारण यो वर्ष उहाँहरुको करार अन्त्य गरिएको हो ।'

उनले अहिले दशैँअघि देखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताइन् । समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए