— चीनले एसियन कपको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सोमबार कतारसँग १–० को हार बेहोरेको छ । यो नतिजाले कमजोर प्रदर्शन गरिरहेको चीन प्रतियोगिताबाट बाहिरिने सँघारमा पुगेको छ । चीनले लिग चरणका तीनै खेलमा कुनै पनि गोल गर्न सकेन र दुई अंकमा समूहको तेस्रो स्थानमा रह्यो ।
समूहको तेस्रो स्थानमा रहेर अर्को चरण पुग्ने झिनो सम्भावनका लागि अब चीनले प्रतीक्षा गर्नु पर्नेछ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारका लागि अल आयडोसले ६६ औं मिनेटमा निर्णायक गोल गरे । कतारको भने यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
उसले यसअघि नै अन्तिम १६ को यात्रा तय गरिसकेको छ । समूहको अर्को खेलमा ताजाकिस्तानले लेवनानलाई २–१ ले हरायो र समूहको दोस्रो स्थानमा रहेर नकआउट चरण पुग्यो । उसको तीन खेलबाट चार अंक भएको छ । लेaनान भने एकै अंकमा सीमित रहेपछि उसको प्रतियोगितामा चुनौती समाप्त भएको छ।