मुख्य समाचार
अफ्रिका कप अफ नेसन्स : मोरक्कोले जित्दा आयोजक आइभरी कोस्टलाई फाइदा
अफ्रिका कप अफ नेसन्स : मोरक्कोले जित्दा आयोजक आइभरी कोस्टलाई फाइदा

— मोरक्कोले अफ्रिका कप अफ नेसन्सको बुधबार भएको खेलमा जाम्बियालाई १–० ले हराएको छ । पछिल्ला विश्वकपको सेमिफाइनल पुगेको मोरक्का समूह ‘एफ’ को शीर्षमा रह्यो ।

अफ्रिका कप अफ नेसन्स : मोरक्कोले जित्दा आयोजक आइभरी कोस्टलाई फाइदा
समूहको अर्को खेलमा तान्जानिया कंगोसँग गोलरहित बराबरी खेल्यो । मोरक्कोको जितले आयोजक आइभरीकोस्टलाई भने फाइदा भएको छ ।

जाम्बियाले यो खेलमा एक अंक बटुलेको भए आइभरी कोस्ट अन्तिम १६ पुग्नबाट रोकिने थियो । समूह ‘ई’ को खेलमा भने नामिबिया र माली तथा दक्षिण अफ्रिका र ट्युनेसियाले गोलरहित बराबरी खेले । यससँगै प्रतियोगिताको लिग चरणका खेल सकिएका छन् र क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

त्यस अनुसार अब एन्गोलाले नामिबिया, नाइजेरियाले क्यामरुन, इक्वेटोरियल गिनीले गिनी, इजिप्टले कंगो, केप भार्डेले मउरटानिया, सेनेगलले आइभरीकोस्ट, मालीले बुर्किना फासो तथा मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...