— अस्ट्रेलियन ओपन-२०२४ को पुरुष एकल उपाधिका लागि ड्यानिएल मेडभेडेभ र जानिच सिनर भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा सिनरले डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई ६–१, ६–२, ६–७ (६/८) र ६–३ ले हराएका थिए ।
त्यससँगै अस्ट्रेलियन ओपनमा जोकोभिचको छ वर्ष लामो अपराजित यात्रामा पूर्ण विराम लागेको छ । यससँगै जोकोभिचको २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियान अहिलेको लागि रोकिएको छ ।
दोस्रो सेमिफाइनलमा भने मेडभेडेभले एलेकजान्डर जेभरेभलाई ५–७, ३–६, ७–६ (७/४), ७–६ (७/५) र ६–३ ले हराए । मेडभेडेभ प्रतियोगिताको फाइनल पुगेको यो तेस्रो पल्ट हो ।