— लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने शुक्रबार बताएका छन् । उनको यो निर्णय स्तब्धपूर्ण र अप्रत्यासित रहेको छ ।
सन् २०१५ मा उनले पहिलो पल्ट एनफिल्डको जिम्मेवारी सम्हालेका थिए ।
क्लोप आएयता लिभरपुल फेरि युरोपेली क्लब फुटबलको शक्ति बनेको थियो । जर्मन प्रशिक्षकको नेतृत्वमा लिभरपुलले सन् २०२० मा इंग्लिस प्रिमियर लिग जितेको थियो । यस्तै सन् २०१९ मा युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।
अहिले लिभरपुल प्रिमियर लिगमा ५ अंकको अग्रतासहित शीर्षमा छ र ५६ वर्षीय जर्मन च्याम्पियनसिप उपाधिसँगै क्लबबाट बिदा लिन चाहन्छन् । उनले आफू थाकेको बताएका छन् ।