मुख्य समाचार
‘रामायण’मा हनुमान बन्दै सन्नी देओल
‘रामायण’मा हनुमान बन्दै सन्नी देओल

। निर्देशक नितेश तिवारीले आफ्नो ठूलो बजेटको फिल्म ‘रामायण’को छायांकन केही महिनामा सुरु गर्दैछन् । रणवीर कपुरको शीर्ष भूमिका रहने फिल्ममा साई पल्लवीको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिंदैछन् ।

बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सन्नी देओलले अभिनय गर्ने जनाइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार उक्त भूमिका निर्वाह गर्न देओल सहमत छन् । उनी हनुमानको भूमिका निर्वाह गर्न उत्साहित समेत देखिएका छन् । आगामी मे महिनादेखि सन्नीले यस फिल्मको पहिलो भागको सुटिङ सुरु गर्ने चर्चा छ । फिल्मको पहिलो भागमा सन्नीले अतिथि भूमिकामा मात्रै देखिने भएपनि दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ ।

यसअघि पनि विभीषणको भूमिकाका लागि साउथ सुपरस्टार विजय सेतुपतिसँग निर्माताले छलफल गरिरहेको सुनिएको थियो । फिल्ममा कैकेयीको भूमिकामा लारा दत्तलाई छनोट गरिएको छ । यो फिल्ममा सन्नीका भाइ बबी देओल कुम्भकरणको भूमिकामा देखिने चर्चा पनि थियो । तर पछि बबीको टोलीले यसको खण्डन गरेको थियो ।

तीन श्रृंखलामा बन्ने यो फिल्मका प्रत्येक भागको रनटाइम तीन घण्टाको हुने जनाइएको छ । यसको बजेट ५०० करोड भारु भनिएको छ । यो फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि बन्नेछ । यसको भीएफएक्समा ओस्कार विजेता कम्पनी डीएनईजीले काम गर्ने जनाइएको छ ।

नितिशले आगामी मार्चबाट ‘रामायण’को छायांकन सुरु गर्ने जनाइएको छ । निर्माताले यसको पहिलो भाग सन् २०२५ मा रिलिज गर्ने योजना बनाएका छन् ।

सन्नीले गत वर्ष ‘गदर २’ जस्ता हिट फिल्म दिएका छन् । उनी अहिले आगामी फिल्म ‘लाहोर १९४७’ मा व्यस्त छन् । यस फिल्ममा सन्नीसँग प्रीति जिन्टा देखिने चर्चा छ । प्रीति आफ्नो लुक टेस्टका लागि स्टुडियो पुगेकी थिइन् । यदि फिल्ममा उनको कास्टिङ तय भएमा उनी ६ वर्षपछि बलिउडमा पुनरागमन गर्नेछिन् ।

प्रीतिको पछिल्लो फिल्म ‘भैयाजी सुपरहिट’ सन् २०१८ मा रिलिज भएको थियो । यसमा उनी सन्नीको अपोजिट देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...