मुख्य समाचार
फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो
फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो

। धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ ।

फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको जानकारी दिए ।

‘फिल्ममा उहाँलाई मेयरकै भूमिकामा देख्न सकिन्छ । कथाले मागेअनुसार नै खिचिएको हो । झण्डै एक मिनेट जतिको दृश्य छ’ त्रिपाठीले अनलाइनखबरसँग भने, ‘अभिनयसँगै उहाँले फिल्मलाई आवश्यक सहयोग गरिने आश्वासन पनि दिनुभयो ।’

फिल्ममा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिए । यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...