मुख्य समाचार
मुनव्वर फारुकीले जिते बिग बोस सिजन १७ को उपाधि
मुनव्वर फारुकीले जिते बिग बोस सिजन १७ को उपाधि

। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए ।

अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा थिए । यो सिजन १६ अक्टोबरबाट सुरु भएको हो । यो लोकप्रिय रियालिटी शोलाई सलमान खानले होस्ट गरेका थिए ।

मुनव्वरलाई ट्रफी जितेको तर सम्मान गुमाएकोबारे प्रश्न सोधिएको थियो । यसमा उनको जवाफ थियो, ‘मलाई जिताउनेलाई धन्यवाद दिन्छु । मेरो कामले मात्र सत्य के हो प्रमाणित गर्न सक्छ । मेरो अगाडिको यात्रा निकै कठिन हुनेछ । तर म सबै कुराको सामना गर्न तयार छु । तर म जे गर्छु त्यो मेरो काम हो, म मान्छे हुँ, म मान्छेहरु बोल्ने तरिका जस्तो होइन, म हाँस्छु । मैले धेरै महिलासँग संगत गरेको छु, उनीहरूलाई थाहा छ म कस्तो छु । अब म यहाँ सबैको अगाडि छु । मलाई जति प्रश्न सोधिन्छ, म ती सबैको जवाफ दिनेछु ।’

शोको फाइनलमा अभिनेता अजय देवगण बिग बोसको सेटमा देखिएका थिए । अजय आफ्नो फिल्म ‘शैतान’ को प्रमोसन गर्न आएका थिए । फिनाले पार्टीमा माधुरी दीक्षित र सुनिल शेट्टीले पनि प्रस्तुति दिए । उनीहरुले सलमान खानले अभिनय गरेको गीत ‘तन तना टन’ मा नृत्य प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...