मुख्य समाचार
माउन्टेन फ्लाइटबाट कैलाश मानसरोवरको दर्शन सुरु
माउन्टेन फ्लाइटबाट कैलाश मानसरोवरको दर्शन सुरु

। कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन ।

तर माउन्टेन फ्लाइट मार्फत नेपाली आकाशबाटै कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।

भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दूरदर्शन सुरु गरेको हो ।

भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दूरदर्शन गरेका हुन्।




श्री एयरका वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्यलगायतको उडान टिमले पहिलो पटक नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि भरेको माउन्टेन फ्लाइटको अनुगमनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख सुरेश खनाल सहितको नागरिक उड्डयन प्राधिकरणको टीम पनि सहभागी थियो ।

सवा घन्टाको माउन्टेन फ्लाइटबाट एउटै दृश्यमा कैलाश पर्वत र मानसरोवर ताल दर्शन गर्न पाउनु आफ्नो लागि जीवनकै सबैभन्दा ठूलो सौभाग्य भएको भारत राजस्थानका पर्यटक विजयकुमार शर्माले बताए ।

कोरोना संक्रमण तथा चीन सरकारको कैलाश मानसरोवर प्रवेशमा रोक लगाउने निर्णयका कारण निराश बनेका भारतीय पर्यटकहरुका लागि नेपालगञ्जबाट चार्टर फ्लाइट मार्फत सुरु भएको कैलाश मानसरोवरको दूरदर्शन यात्राले नेपालकै पर्यटन उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका डाइरेक्टर केशव न्यौपानेले बताए ।

काठमाडौं तथा भारतको लखनउ हुँदै नेपालगञ्ज पुगेर चार्टर फ्लाइट मार्फत कैलाश मानसरोवरको सहजै दूरदर्शन गर्न सक्ने रुट सुरु भएसँगै नेपालगञ्ज कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने टुर दि टेम्पलका प्रबन्ध निर्देशक विकास मिश्राले बताए ।

कोरोना संक्रमण सुरु हुनुअघि नेपालगञ्जबाट सिमकोट हिल्सा हुँदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मानसरोवरको दर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...