मुख्य समाचार
माइक्रोसफ्टले बिदा गर्‍यो १९०० कर्मचारी
माइक्रोसफ्टले बिदा गर्‍यो १९०० कर्मचारी

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्ना गेमिङ महाशाखामा कार्यरत करिब २ हजार कर्मचारीलाई अवकाश दिने भएको छ।

एक्सबक्सका प्रमुख फिचर स्पेन्सरले कर्मचारीहरुलाई लेखेको पत्रमा कूल २२ हजार कर्मचारीमध्ये १९ सय जना कटौती गर्ने योजना कम्पनीले बनाएको उल्लेख गरेका छन् ।

कल अफ ड्युटी तथा वारक्राफ्ट सिरिज जस्ता चर्चित भिडियो गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्ड खरीद गरेको ३ महिनापछि माइक्रोसफ्ट कम्पनीले यस्तो निर्णय गरेको हो । माइक्रोसफ्टले ६९ अर्ब डलरमा एक्टिभिजन ब्लिजार्ड खरीद गरेको थियो ।

आफ्नो पत्रमा स्पेन्सरले सहकर्मीहरुलाई बिदा गर्नुपर्दा आफुलाई अत्यन्तै दु:ख लागेको उल्लेख गरेका छन् ।

द भर्जका अनुसार कर्मचारी कटौतीको यो निर्णयबाट एक्सबक्स डिभिजन र जेनिम्याक्समा कार्यरत जनशक्ति प्रभावित हुनेछन् ।

कर्मचारीहरुलाई माइक्रोसफ्ट स्वयंले पठाएको पत्रमा समेत त्यसको पुष्टि गर्दै अवकासमा जाने कर्मचारीहरुलाई कानून बमोजिम सुविधा प्रदान गरिने प्रतिबद्धता जनाइएको छ ।

साथै माइक्रोसफ्टले ओडिस्से नामक सर्भाइभल गेम प्रोजेक्ट पनि बन्द गरिएको पुष्टि गरेको छ।

स्मरण रहोस् नियामक निकायसँगको श्रृंखलाबद्ध संघर्षपश्चात् माइक्रोसफ्टले गत सेप्टेम्बरमा एक्टिभिजन ब्लिजार्डका साथै क्यान्डीक्रस निर्माता किङ खरिद गरेको थियो ।

उक्त सम्झौतापछि एक्टिभिजनका सिइओ बब्बी कोटिकले कम्पनी छाडेका थिए ।

साथै पछिल्लो समाचार सार्वजनिक भएसँगै ब्लिजार्डका प्रमुख माइक यीबाराले पनि कम्पनी छाडेको घेाषणा गरेका छन् । उनी माइक्रोसफ्टका पूर्वकर्मचारी समेत थिए ।

पछिल्लो समय भिडियो गेम उद्योगमा कर्मचारी कटौतीको लहर चलेको छ । यो हप्ताको सुरुमा लिग अफ लेजेन्ड्सको निर्माता रायोट गेम्सले आफ्ना कूल कर्मचारीको ११ प्रतिशत कटौती गर्ने घोषणा गरेको थियो । त्यस्तै गेम इन्जिन निर्माता युनिटीले १८ सय कर्मचारी कटौती गरेको थियो भने अमेजन स्वामित्वको स्टि्रमिंग प्लाटर्फमले ५ सय कर्मचारी कटौती गर्ने निर्णय गरेको थयो ।

गेमिङ उद्योगमा गतवर्ष मात्रै कम्तिमा १० हजार जनाले रोजगारी गुमाएको तथ्यांक छ ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...