— सामर जोसेफले सात विकेट लिएपछि वेस्ट इन्डिजले आइतबार अस्ट्रेलियाली भूमिमा सन् १९९७ यता पहिलो टेस्ट जित निकालेको छ । पाहुना टिम रोमाञ्चक तथा तनावपूर्ण डे नाइट टेस्टमा आठ रनले विजयी रहेको हो ।
तीव्र गति बलर जोसफले ६८ रनमा सात विकेट लिए र जितका लागि २ सय १६ रनको लक्ष्य पाएको अस्ट्रेलिया २ सय ७ रनमा अलआउट भएको थियो । घरेलु टिमका लागि स्टिभ स्मिथ ९१ रन बनाएर नटआउट रहे ।
अस्ट्रेलिया तीन विकेट गुमाएर १ सय १३ रनबाट धरासायी भएको थियो । त्यस अगाडि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १ सय ९३ बनाएको थियो । उसले पहिलो इनिङ्समा ३ सय ११ बनाएको थियो ।
यस्तै अस्ट्रेलियाले नौ विकेट गुमाएर २ सय ८९ रनमा आफ्नो पहिलो इनिङ्स टुंगेको घोषणा गरेको थियो । यस नतिजासँगै दुई टेस्टको शृंखला १–१ को बराबरीमा टुंगेको छ ।