— इंग्ल्यान्डले विदेशी भूमिमा अहिलेसम्मकै सनसनीपूर्ण जित निकाल्ने क्रममा भारतलाई आइतबार पहिलो टेस्टको चौँथो दिन २८ रनले पराजित गरेको छ । डेब्यु गरिरहेका स्पिनर टम हार्टलीले ६२ रनमा सात किवेट लिएपछि जितका लागि २ सय ३१ रन पछ्याएको भारत २ सय २ रन बनाएर अलआउट भएको थियो ।
सुरुवाति दुई इनिङ्सको अन्त्यमा १ सय ९० रनले पछाडि रहेर पनि इंग्ल्यान्ड यो जित निकाल्न सफल रहेको हो । यससँगै इंग्ल्यान्डले पाँच टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ ।
भारतले ४२ रन बनाउँदा एक विकेट मात्रै गुमाएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । तर हार्टली अगाडि भारती ब्याटर टिक्न सकेन् ।
भारतका लागि कप्तान रोहित शर्माको ३९ रनै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै श्रीकर भारत र रविचन्द्रन आश्विनले २८/२८ रन बनाए । इंग्ल्यान्डको जितको आधार भने ओली पोपले तयार पारे ।
‘प्लेयर अफ द म्याच’ पोपले इंग्ल्यान्डको दोस्रो इनिङ्समा १ सय ९६ रनको शानदार इनिङ्स खेलेका थिए ।