— अस्ट्रेलिया एसियन कप-२०२३ को क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको छ । उसले आइतबारको अन्तिम १६ को खेलमा इन्डोनेसियालाई सजिलै ४–० ले पराजित गर्यो ।
जसिम विन हमिद स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले प्रत्येक हाफमा २/२ गोल गरेको थियो । खेलको पहिलो गोल भने आत्मघाती रह्यो र एलकन बागोटले १२ औं बललाई आफ्नै पोस्टको दिशा दिए ।
त्यसपछि मार्टिन बोएलले ४५ र क्रेग गुडविनले ८९ औं मिनेटमा १/१ गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ह्यारी सटरले चौथो गोल गरे ।