मुख्य समाचार
जोर्डनमा सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति आक्रोशित, बदला लिने चेतावनी
जोर्डनमा सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति आक्रोशित, बदला लिने चेतावनी

— सिरियाली सीमा क्षेत्र जिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । ‘हामीले जवाफ दिनेछौं,’ बाइडेनले भने । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको समयमा चाहेअनुसार उत्तरदायी’ बनाउने बाइडेनको भनाइ छ ।

आक्रमणको जिम्मा ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक समूहले जिम्मा लिएको छ । गत वर्षदेखि सक्रिय यो समूह इरानसँग सम्बन्ध भएका र इराकमा सक्रिय लडाकु समूहहरूको छाता संगठन हो । समूहले यसअघि पनि अमेरिकी सैनिकलाई लक्षित गरी तीन आक्रमण गरेको दाबी गरेको छ ।

उक्त समूहलाई इरानले समर्थन गरेको अमेरिकाको दाबी छ । यद्यपि, इरानले आइतबारको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले अमेरिका र बेलायतले आरोप लगाएजस्तो उक्त समूहलाई इरानले सहयोग नगरेको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानप्रति लक्षित आरोप निश्चित राजनीतिक उद्धेश्यले प्रेरित रहेको उनको दाबी छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्रमा हवाई आक्रमणमा परेर अमेरिकी सैनिकहरू मारिएको यो पहिलो घटना हो । अमेरिकी सेनाका अनुसार उक्त क्षेत्रका शिविरमा बेलाबखतमा आक्रमणहरू हुने गरेका भए पनि आइतबारको आक्रमण अघिसम्म मानवीय क्षति भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...