मुख्य समाचार
इलन मस्कको कम्पनी न्युरालिंकले राख्यो मानव मस्तिष्कमा 'वायरलेस चिप'
इलन मस्कको कम्पनी न्युरालिंकले राख्यो मानव मस्तिष्कमा 'वायरलेस चिप'

— प्रविधि व्यवसायी इलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् ।
चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले जानकारी दिएका छन् । साथै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको पनि उनले बताएका छन् । न्युरालिंकले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने लक्ष्य राखेको छ । कम्पनीले यसले जटिल खालका स्नायु रोगको उपचारमा सहयोग पुग्ने बताएको छ ।

न्युरालिंकलाई गत वर्ष अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) ले मानव मस्तिष्कमा चिप राख्ने अनुमति दिएको थियो । न्युरालिंकसँगै अन्य कम्पनीले पनि मानव मस्तिष्कमा चिप जडानमा अनुसन्धान गरिरहेका छन् ।

बीबीसीका अनुसार रोबोटिक शल्यक्रियामार्फत मानिसको मस्तिष्कमा निकै मसिना तारहरू राखिनेछन् । रोबोटले शल्यक्रियामार्फत मानव मस्तिष्कमा ६४ वटा लचिला रेसा राख्नेछ जुन मान्छेको रौँभन्दा पनि पातलो हुने कम्पनीले जनाएको छ । उक्त रेसा 'हिँडडुल गर्ने चाहना' राख्ने मस्तिष्कको भागमा राखिनेछन् । कम्पनीका अनुसार ती रेसाले मस्तिष्कबाट निस्कने संकेत एउटा एपमा तारबिनै डिकोड गर्न र रेकर्ड राख्न सघाउँछन् । उक्त उपकरण ब्याट्रीबाट चल्ने पनि कम्पनीको भनाइ छ ।

यसअघि अमेरिकाको युटास्थित ब्ल्याकरक न्युरोटेकले सन् २००४ मै इन्टरफेस मानिसको मस्तिष्कमा प्रत्यारोपण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...