मुख्य समाचार
नेपाली चिकित्सकको अगुवाईमा शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण
नेपाली चिकित्सकको अगुवाईमा शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण

: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गरिएको छ। वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा रमेश सिंह भण्डारी नेतृत्वको टीमले कलेजो प्रत्यारोपण गरेको हो। नेपाली चिकित्सकको अगुवाईमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ।

४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो। ४० वर्षीया श्रीमतीले उनलाई दिएको कलेजो प्रत्यारोपण गरिएको हो।

कलेजो क्रान्ति

यस अघि गरिएका कलेजो प्रत्यारोपणमा अन्य मुलुकका चिकित्सकहरुको संलग्नता प्रत्यारोपण गरिँदै आएको थियो। कलेजो प्रत्यारोपण सर्जन भण्डारीका अनुसार, कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकहरुको टीमद्वारा गरिएको प्रत्यारोपण कोशेढुंगा सावित भएको छ। अब नेपाली चिकित्सकहरुद्वारा नै दिगो ढंगले प्रत्यारोपण गर्न सक्ने बाटो खुलेको छ।

कलेजो दान गरेकी महिला डिस्चार्ज भइसकेकी छन्। कलेजो प्रत्यारोपण गरेका पुरुष भने आज डिस्चार्ज हुँदैछन्। उनको २७ पुसमा प्रत्यारोपण गरिएको हो।

त्रिवि शिक्षण अस्पतालमा यस अघि १७ जेठ २०७६ पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो। हालसम्म १० जना व्यक्तिमा सफल कलेजो प्रत्यारोपण भइसकेको डा. भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू